सलमान खानबाट अहिले पनि विवेक ओबरोय माफी चाहन्छन्, भने यस्तो कुरा
विवेक ओबरोय आजकाल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिकमा उनको भूमिका निभाएका कारण चर्चित छन् । विगतमा समय यस्तो पनि थियो कि उनले काम पाउनै छाडिसकेका थिए । सन् २००३ मा पत्रकार सम्मेलन गरेर विवेकले सलमानमाथि विभिन्न आरोप लगाएका थिए । त्यसलगत्तै उनी र सलमानबीच सुरु भएको मनमुटाव अहिले सम्म सुल्झिएको छैन । यद्यपि, पछि विवेकले माफी पनि मागे तर सलमानको तर्फबाट कुनै पनि जवाफ आएको छैन । १६ वर्ष बितिसकेको छ तर पनि विवेक अहिले पनि सलमानले आफूलाई माफी गरुन् भन्ने चाहन्छन् ।
एक अन्तरवार्ताको क्रममा जब विवेकलाई यदि सलमानलाई केही सोध्नै परे के सोध्नुहुन्छ भनेर प्रश्न सोधियो । यसमा विवेकले जवाफ दिए, ‘के तपाईं माफी गर्ने कुरामा विश्वास गर्नुहुन्छ ?’
स्मरण रहोस्, यसअघि पनि विवेकले सलमानसँग थुप्रै पटक माफी मागिसकेका छन् तर सलमानले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।
कुरा थियो सन् १९९९ मा संजय लिला भंसालीको फिल्म हम दिल दे चुके सनमको सुटिङको क्रममा सलमान र ऐश्वर्या नजिकिए । तर बिस्तारै दुबैको सम्बन्धमा तित्तता छाउन थाल्यो । त्यसपछि ऐश्वर्या विवेक ओबरोयसँग नजिकिइन् । दुबैले सँगै फिल्म पनि खेले । तर विवेकले सन् २००३ मा अचानक पत्रकार सम्मेलन बोलाए । विवेकले सलमानलाई रक्सी पिएर ४१ पटक फोन गरेर र हत्या गरिदिने धम्की दिएको बताए । त्यतिबेला देखि नै सलमान र विवेकबीच मनमुटाव सुरु भयो । यतिमात्र होइन विवेक र ऐश्वर्याबीचको सम्बन्ध पनि बिग्रियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
-
युक्रेनमा सरकार पुनर्गठन, नयाँ प्रधानमन्त्री नियुक्त गरिने
-
भानु जयन्ती कविता प्रतियोगितामा अधिकारी प्रथम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण