१२ वर्षदेखि ग्रहको नाम राख्न सकिरहेका छैनन् वैज्ञानिक, अब भने, ‘जनता निश्चित गर्नुहोस्’
वासिङटनका वैज्ञानिकले एक ग्रहको नाम राख्ने मौका जनतालाई दिन चाहन्छन् । यसको कोडनेम ओआर१० हो । साधारणतया खगोलीय पिण्डबारे पत्ता लगाउने वैज्ञानिक नै त्यसको नाम निश्चित गर्छन् तर ओआर१०को नाम १२ वर्षपछि पनि राख्न सकिएको छैन ।
ओआर१० लाई अनुसन्धानकर्ता मेग श्वांब, माइक ब्राउन र डेविड रेबिनोवित्जको समूहले सन् २००७ मा अन्तरिक्षको एउटा किनारास्थित कुइपर बेल्टमा पत्ता लगाएका हुन् । यो बेल्टमा थुप्रै ठूलो पदार्थ पनि छन् ।
तीन नामको विकल्पः
अहिलेसम्म नाम राख्न नसक्नुको कारण इन्टरनेशनल एस्ट्रोनोमिकल युनियन (अन्तरराष्ट्रिय खगोल संघ) मा नाम मञ्जुर गराउनुअघि केही मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । तीन वैज्ञानिकको नाममा ग्रहको नाम राख्न सम्भव पनि थिएन । त्यसकारण तीनै वैज्ञानिकले सम्भावित नाम – गोंगगोंग, होले र विली राखेका छन् ।
१० मेसम्म मतदानको समयः
यी तीनै नामको उत्पत्ति पौराणिक भगवानको नाममा आधारित छ । अनुसन्धानकर्ताले जनताले नै ग्रहको नाम राखुन् भन्ने चाहना राखेका छन् । यसका लागि मतदानको व्यवस्था मिलाइएको छ । मतदाताले मे १० सम्म मतदान गर्न सक्छन् । यहाँबाट मतदान गर्न सकिन्छ । जुन नामले सबैभन्दा धेरै भोट पाउँछ त्यसैलाई आइएयूको अगाडि प्रस्तावित गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छ: परराष्ट्रमन्त्री
-
कृषि, वन तथा वातावरण मन्त्रालयलाई करिब दुई अर्बको अनुदान
-
तारा लाल धरेललाई ‘कर्पोरेट फर्निचर इन्डष्ट्री एक्सिलेन्स’ अवार्ड
-
दक्षिण अफ्रिकी खेलाडी म्बाथा निलम्बित, दक्षिण कोरियाविरुद्धको खेल गुमाउने
-
२९ व्यक्ति तथा संस्थालाई कर्पोरेट बिजनेस अवार्ड प्रदान
-
मोबाइलको एक क्लिकमै भारतबाट नेपाल पैसा पठाउन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण