विराट काेहलीको शतकमा बैंगलोर विजयी
एजेन्सी - कप्तान विराट कोहलीले शतकीय इनिङस खेलेपछि रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा दोस्रो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा बैंगलोरले कोलकत्ता नाइट राइडर्सलाई १० रनले हराउँदै जित निकालेकाे हाे ।
कोलकत्तास्थित इडेन गार्डेन्स मैदानमा बैंगलोरले दिएको दुई सय १४ रनको लक्ष्य पछ्याएको कोलकत्ताले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा दुई सय ३ रन मात्र बनाउन सक्यो । कोलकत्ताका लागि नितिस रानाले अविजित ८५, आन्द्रे रुसेलले ६५ रन बनाए । सुनिल नारायणले १८ तथा रोविन उथप्पा र सुभमन गिलले समान ९-९ रन बनाएका थिए । बलिङमा बैंगलोरका डेल स्टेनले दुई विकेट लिँदा मार्कस स्टोइनिस र नन्दीप सैनीले एक-एक विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा दुई सय १३ रन बनाएको हाे । बैंगलोरका लागि कप्तान विराट कोहलीले सय रनको शतकीय इनिङ खेले । कोहलीले ५८ बलमा ९ चौका र ४ छक्का हानेका थिए । मोइन अलिले ६६ रन बनाए । अक्षयदिप नाथले १३ र ओपनर पार्थिव पटेलले ११ रन जोडे ।
बलिङमा कोलकत्ताका लागि सुनिल नारायण, आन्द्रे रसेल, हेरी गुर्नी र कुलदीप यादवले समान एक एक विकेट लिएका थिए । यस जितसँगै पुछारको बैंगलोरले ९ खेलबाट चार अंक बनाएको छ । आठ खेलबाट ८ अंक बनाएको कोलकत्ता छैटौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण