निकलसकाे गाेलमा बायर्न विजयी
एजेन्सी - साविक विजेता बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा जित हात पारेको छ । शीर्ष टोली बार्यनले शनिबार राति भएको खेलमा वेडर ब्रेमेनलाई १–० गोलले हराउँदै जित दर्ता गरेकाे हाे ।
१० खेलाडीमा समेटिएको वेडर ब्रेमेनमाथि बायर्नलाई जित निकाल्न निकै संघर्ष गर्नु परेको थियो । घरेलु मैदानमा बायर्नको जितका निकलस सुल नायक बने । निकलसले ७५ औँ मिनेटमा गोल गरेका थिए । उनले थिएगो अलकान्ताराको पासमा गोल गर्दै बायर्नको जित पक्का बनाएका हुन् ।
यसअघि ५८ औँ मिनेटमा वेडर ब्रेमेनका मिलोस भेल्जेकोभिच दोहोरो रातो कार्ड पाउँदै बाहिरिएका थिए । खेलमा सुरुवातदेखि नै पकड जमाएको बायर्नलाई गोल कठिन भएकाे थियाे ।
जितसँगै बायर्नले ३० खेलबाट ७० अंक बनाएको छ । बार्यन दोस्रो स्थानको बोरुसिया डर्टमन्डभन्दा चार अंकअगाडि छ । बोरुसिया डर्टमन्डको ६६ अंक छ । यद्यपी डर्टमन्डले एक खेल कम खेलेको छ । ४६ अंक बनाएको वेडर ब्रेमेन तालिकाको आठौं स्थानमा छ । बुन्डेस लिगामा अब सबै टोलीले चार खेल खेल्न बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण