एमबाप्पेको ह्याट्रिकसँगै पीएसजी च्याम्पियन
एजेन्सी - फ्रेन्च लिगको उपाधि पेरिस सेन्ट जर्मन (पीएसजी)ले जितेको छ । आइतबार राति भएको खेलमा पीएसजीले मोनाकोलाई ३–१ गोलले हराउँदै उपाधि रक्षा गरेकाे हाे । पीएसजी पाँच खेल अगावै लिग च्याम्पियन बनेको हो ।
पीएसजीको जितमा युवा स्ट्राइकर केलियन एमबाप्पेले ह्याट्रिक गरे । आठौं पटक लिगको उपाधि जितेको पीएसजीले पछिल्ला सात संस्करणमा ६ संकरण जितेको छ । पीएसजीको उपाधि खेलमा तीन महिनादेखि चोटका कारण विश्राममा लिएका नेइमारले पनि पुनरागमन गरेका थिए । यद्यपी नेइमारलाई दोस्रो हाफमा मात्र खेलाएको थियो ।
घरेलु मैदानमा पीएसजीलाई जिताउन एमबाप्पेले १५ औं मिनेटमा खाता खोले । ३८ औं मिनेटमा दोस्रो गोल गरेका एमबाप्पेले ५५ औं मिनेटमा ह्याट्रिक पूरा गरेका थिए । खेलभर पीएसजीको दबाब झेलेको मोनाकोले ८० औं मिनेटमा सान्त्वना गोल फर्काएको थियो । मोनाकोका लागि अलेकसान्डर गोलोभिनले गोल गरे ।
जितसँगै पीएसजीको ३३ खेलबाट ८४ अंक पुगेको छ । उसले दोस्रो स्थानको लिलेलाई १९ अंकले पछि पारेको छ । लिलेको ६५ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण