लिभरपुलकाे जितसँगै सिटीलाई दबाब
एजेन्सी - इङ्लिस प्रियिमर लिगको उपाधि भिडन्त रोचक मोडमा पुगेको छ । लिगमा आइतबार राति भएको खेलमा लिभरपुलले कार्डिफ सिटीलाई २–० गोलले हरायो । जितसँगै लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ । लिभरपुलको जितले म्यानचेस्टर सिटी दोस्रो स्थानमा झरेको छ । लिभरपुलले ३५ खेलबाट ८८ अंक बनाएको छ । एक खेल कम खेलेको सिटीको ८६ अंक छ । ३१ अंक बनाएको कार्डिफले रेलिगेसन छल्न सकेको छैन ।
बलमा पकड जमाएको लिभरपुलले दुवै गोल दोस्रो हाफमा गरेको थियो । लिभपुलका लागि जर्जिन्हो विज्नल्डमले ५८ औं मिनेटमा खाता खोले । उनले ट्रेन्ट एलेक्सान्डर अर्नाेल्डको पासमा गोल गरेका थिए । त्यस्तै ८१ औं मिनेटमा जेम्स मिल्नरले पेनाल्टीमार्फत दोस्रो गोल गरेका थिए । मोहम्मद सलाहको प्रहारलाई रोक्ने क्रममा कार्डिफका मोरिसनले डिबक्सभित्र ह्यान्ड गरेपछि लिभरपुलले पेनाल्टीको मौका पाएको थियो ।
प्रिमियर लिगकै अर्काे खेलमा चौथो स्थानमा रहेको आर्सनल क्रिस्टल प्यालेससँग ३–२ गोलले पराजित भएको छ । प्रतिस्पर्धात्मक खेलमा क्रिस्टल प्यालेसको जितमा क्रिस्टियन बेन्टेकले १७ औं, विलफ्रिड जाहाले ६१ औं र जेम्स अर्थरले ६९ औं मिनेटमा गोल गरे । आर्सनलका मेसुट ओजिलले ४७ औं र पिर्रे इमरिक अउबामियाङले ७७ औं मिनेटमा गोल गरेका थिए ।
यसहारसँगै आर्सनलले तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ । चौथोँ स्थानमा रहेको आर्सनलको ६६ अंक रहेको छ । ६७ अंकसहित टोट्टहाम तेस्रो स्थानमा छ । ४२ अंक बनाएको क्रिस्टल प्यालेस १२औं स्थानमा छ । अर्को खेलमा एभर्टनले म्यानचेस्टर युनाइटेडलाई ४–० गोलले हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण