रियलको जितमा बेन्जेमाको ह्याट्रिक
सोमबार, ०९ वैशाख २०७६, ०८ : ३२
एजेन्सी - करिम बेन्जेमाले ह्याट्रिक गरेपछि रियल म्याड्रिडले स्पेनिस ला लिगामा एथलेटिक बिल्बाओलाई ३–० गोलले हराएको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा रियलले सबै गोल दोस्रो हाफमा गरेको थियो । बेन्जेमाले ४७ औं मिनेटमा खाता खोलेका थिए । उनले मार्को असेन्सियोको वासमा हेड गोल गरेका थिए ।
बेन्जेमाले ७६ औं मिनेटमा बेन्जेमाले दोस्रो गोल गरे । उनले ९० औं मिनेटमा ग्यारेथ बेलको पासमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । बेन्जेमाले जारी सिजनमा २१ गेल गरिसकेका छन् । उनले पछिल्ला पाँच खेलका व्यक्तिगत आठ गोल गरेका छन् ।
जितसँगै तेस्रो स्थानमा रहेको रियलले ३३ खेलबाट ६४ अंक बनाएको छ । शीर्ष स्थानमा रहेको बार्सिलोनाको ७७ र दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडको ६८ अंक छ । रियलसँग हारेको बिल्बाओ ४६ अंकसहित सातौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण