छतमा चुम्बन गरिरहेको देखिए दीपिका र विक्रान्त, छपाकको दृश्य भाइरल
आजकाल दीपिका पादुकोण र विक्रान्त मेसी स्टारर छपाकको सुटिङ दिल्लीमा चलिरहेको छ । फिल्मको कहानी लक्ष्मी अग्रवालको जीवनमा आधारित छ जसमाथि एसिड हमला भएको थियो । केही दिनदेखि फिल्मको सेटका विभिन्न तस्बिर र भिडियो भाइरल भइसकेका छन् । यस्तै, अब फिल्मको अर्को भिडियो भाइरल भइरहेको छ जसमा दीपिका र विक्रान्त चुम्बन गरिरहेको देख्न सकिन्छ ।
भाइरल भिडियोमा देखिए अनुसार दीपिका–विक्रान्तको छतमा छन् र एक–अर्कालाई चुम्बन गरिरहेका छन् । यतिबेला दीपिकालाई गुलाबी रङको कुर्ता लगाइरहेको देख्न सकिन्छ भने विक्रान्त हल्का खैरो रङको कुर्तामा देखिएका छन् । अर्को घरको छतमा बसेर मानिसहरु उनीहरु चुम्बन गरिरहेको हेरिरहेका छन् । यसअघि पनि सुटिङको भिडियो भाइरल भएको थियो जसमा दीपिका स्कूलको युनिफर्ममा देखिएकी थिइन् ।
डेक्कन क्रोनिकल्सको रिपोर्ट मान्ने हो भने सुटिङका दृश्य लगातार चुहिएपछि निर्देशक मेघना गुल्जार निकै चिन्तित छिन् । उनी फिल्म रिलिज हुनु अघि यससँग सम्बन्धित कुनै पनि जानकारी सार्वजनिक होस् भन्ने चाहन्नन् ।
स्मरण रहोस्, यो फिल्ममा मुख्य भूमिका निभाउनुका साथै दीपिका यसलाई निर्माण पनि गरिरहेकी छिन् । यो फिल्म अर्को वर्ष जनवरी १० मा रिलिज हुनेछ । फिल्ममा दीपिकाको नाम मालती हुनेछ । मेघनाले यसअघि राजी फिल्मको निर्देशन गरेकी थिइन् । यो फिल्म बक्स अफिसमा निकै हिट भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिला उद्यमीलाई सघाउन सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ महिला समृद्धि कर्जा’
-
बंगलादेशमा बाढी र पहिरोबाट ४४ जनाको मृत्यु, १० लाखभन्दा बढी प्रभावित
-
सरकारका सय दिन उत्साहप्रद छैनन्, न त उल्लेख्य
-
जेब्रा झोला बोकेर होल्डिङ सेन्टरबाट बाहिरिँदै गरेका बालकलाई हर्क साम्पाङले गरे ५० हजार सहयोगको घोषणा
-
सुकुमबासीलाई एउटा जोखिमबाट निकालेर अर्को जोखिममा धकेलियो : आङ्देम्बे
-
पूर्व गृहसचिव पद्मप्रसाद पोखरेलको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण