श्रीलङ्का बिस्फोटमा बालबाल बचिन् यी नायिका, जुन होटलमा बसेकी थिइन् त्यही भयो बिस्फोट
श्रीलङ्कामा आइतबार आठ स्थानमा श्रृङ्खलाबद्ध बम बिस्फोट भयो । विलासी होटल र चर्चलाई लक्षित गरी गरिएको उक्त हमलामा अहिलेसम्म २९० को मृत्यु भइसकेको पुष्टि भएको छ । तर यो बम बिस्फोटमा तमिल नायिका राधिका शरद कुमार भने बालबाल बचेकी छिन् ।
वास्तवमा उनी श्रीलङ्का घुम्न गएकी थिइन् र उनी कोलोम्बोको जुन होटलमा बसेकी थिइन् त्यसमा बिस्फोट भयो तर बिस्फोट हुनु ठिक अघि उनले होटल छोडेकी थिइन् ।
यो घटनाको विषयमा नायिकाले ट्वीटरमा पोष्ट लेखिन्, ‘हे भगवान् श्रीलङ्कामा बम बिस्फोट, भगवान हामीलाई साथ दिनुहोस् । म भर्खरै कोलोम्बो सिनामोन ग्रान्ड होटलबाट बाहिरिएकी हुँ र अहिले उक्त होटलमा बम बिस्फोट भएको छ । विश्वास लाग्दैन, यो विभत्स छ, निकै विभत्स ।’
OMG bomb blasts in Sri Lanka, god be with all. I just left Colombo Cinnamongrand hotel and it has been bombed, can’t believe this shocking.
— Radikaa Sarathkumar (@realradikaa) April 21, 2019
राधिकाका श्रीमान् आर शरदकुमारले पनि ट्वीट गरे, ‘कोलोम्बोमा भएको त्रासदी आतंकवादी हमला निन्दनीय छ, मृतकप्रति हाम्रो समवेदना ।’
A dastardly act of terror unleashed in Colombo is condemnable, our heart goes out to innocent lives lost in the attack @TamilTheHindu @ThanthiTV @bbctamil
— R Sarath Kumar (@realsarathkumar) April 21, 2019
स्मरण रहोस्, शरदकुमार पनि तमिल सिनेमाका चर्चित अभिनेता हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिला उद्यमीलाई सघाउन सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ महिला समृद्धि कर्जा’
-
बंगलादेशमा बाढी र पहिरोबाट ४४ जनाको मृत्यु, १० लाखभन्दा बढी प्रभावित
-
सरकारका सय दिन उत्साहप्रद छैनन्, न त उल्लेख्य
-
जेब्रा झोला बोकेर होल्डिङ सेन्टरबाट बाहिरिँदै गरेका बालकलाई हर्क साम्पाङले गरे ५० हजार सहयोगको घोषणा
-
सुकुमबासीलाई एउटा जोखिमबाट निकालेर अर्को जोखिममा धकेलियो : आङ्देम्बे
-
पूर्व गृहसचिव पद्मप्रसाद पोखरेलको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण