आठौं खेलकुद प्रतियोगिताको समापन उपराष्ट्रपतिले गर्ने
काठमाडौं - नेपालगन्जमा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने भएका छन् । यसअघि बुधबार नेपालगन्ज रंगशालामा हुने समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तय भएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार चीन जाने कार्यक्रम रहेकाले प्रधानमन्त्री नेपालगन्ज जान नसक्ने भएका हुन् । त्यसैले खेलकुदको समापन उपराष्ट्रपति पुनले गर्न लागेका हुन् । प्रतियोगिताको उद्घाटन वैशाख ५ गते राष्ट्रपति भण्डारीले गरेकी थिइन् । चैत २७ गतेदेखि सुरु भएको प्रतियोगिताको औपचारिक उद्घाटन वैशाख ५ गते मात्र गरिएको थियो । अधिकांश खेल उद्घाटन अघिनै सकिएको थियो ।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टिम नेपाल पुलिस, त्रिभुवन आर्मी, एपीएफ क्लब र एनआरएन गरी ११ टोलीले प्रतिस्पर्धा गरेका छन् । जसमा ३५ खेलका ५ हजार २ सय ११ खेलाडीले भाग लिएका थिए । मंगलबारसम्म प्रतियोगिताका अधिकांश खेल सकिने छ । पदकमा विभागीय टोली आर्मी, पुलिस र एपीएफ क्लबले बर्चस्व जमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण