रणबीर ऋषि–नितू कपुर भारत फर्कने प्रतिक्षामा, त्यसपछि गर्नेछन् यो विशेष काम
यस वर्षको सुरुवातमा रणबीर कपुर र आलिया भट्ट एउटै फ्ल्याटमा बस्न सक्ने भन्ने खबर सार्वजनिक भएको थियो । तर पछि आलियाले उक्त फ्ल्याट आफ्नो अफिसको लागि खरिद गरेको स्पष्टिकरण दिइन् ।
अब एशियन एजमा प्रकाशित एक रिपोर्टमा दाबी गरिए अनुसार बुवा ऋषि कपुर अमेरिकाबाट फर्किएपछि रणबीर कपुर आफ्ना आमा–बुवाको घरमा फिर्ता जाने योजना बनाइरहेको छन् ।
रणबीर कपूरका एक आफन्तले पत्रिकासँग कुराकानी गर्दै भने, ‘हालको परिस्थिती (ऋषि कपुर बिरामी भएपछि) ले रणबीरलाई उनका आमा–बुवासँग नजिक ल्याएको छ । उनी आफ्ना आमा–बुवासँग धेरैभन्दा धेरै समय बिताउन चाहन्छन् ।’
भारत फिर्ताबारे एक पत्रिकासँग कुरा गर्दै ऋषि कपुरले अमेरिकाबाट भने, ‘म पुनः काम गर्नका लागि उत्सुक छु । मेरो स्वास्थ्य अहिले निकै राम्रो छ । धेरैले मेरो लगातार सोधपुछ गरिरहनुभएको छ । संजय दत्त नियमित रुपमा सम्पर्कमा छन् । वास्तवमा मलाई भन्दा मेरी श्रीमतीलाई मेरो स्वास्थ्यबारे सोधिरहनु भएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिला उद्यमीलाई सघाउन सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ महिला समृद्धि कर्जा’
-
बंगलादेशमा बाढी र पहिरोबाट ४४ जनाको मृत्यु, १० लाखभन्दा बढी प्रभावित
-
सरकारका सय दिन उत्साहप्रद छैनन्, न त उल्लेख्य
-
जेब्रा झोला बोकेर होल्डिङ सेन्टरबाट बाहिरिँदै गरेका बालकलाई हर्क साम्पाङले गरे ५० हजार सहयोगको घोषणा
-
सुकुमबासीलाई एउटा जोखिमबाट निकालेर अर्को जोखिममा धकेलियो : आङ्देम्बे
-
पूर्व गृहसचिव पद्मप्रसाद पोखरेलको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण