बलिउड स्टारका श्रीमतीमाथि फिल्म बनाउँदै मधुर भण्डारकर, खोलिनेछ थुप्रै राज
मङ्गलबार, १० वैशाख २०७६, ११ : ०९
मधुर भण्डारकरले आफ्ना धेरैजसो फिल्ममा पर्दा पछाडिको वास्तविकता देखाउने कोसिस गर्छन् । चाहे त्यो फेसन, हिरोइन, पेज–थ्री होस् वा ट्राफिक सिग्नल । अब निर्देशक मधुर भण्डारकर एकपटक पुनः रोचक विषयवस्तुमा आधारित फिल्म दर्शकमाझ पस्कँदैछन् । खबरका अनुसार मधुर भण्डारकर अब बलिउड स्टारका श्रीमतीमा आधारित फिल्म बनाउने योजनामा छन् । उनी गौरी खान, मिरा राजपुत र ट्विंकल खन्ना जस्ता चर्चित सेलिब्रिटी श्रीमतीमाथि फिल्म बनाउन लागेको भारतीय मिडियाले बताएका छन् ।
स्रोतका अनुसार मधुर भण्डारकर अहिले यो फिल्मको स्क्रिप्टमाथि काम गरिरहेका छन् । फिल्मको नाम ‘बलिउड वाइव्स’ हुनेछ । जब मधुर भण्डारकरसँग यसबारे बुझ्ने कोसिस गरियो तब उनका प्रवक्ताले मधुरले अहिलेका लागि फिल्मको नाम मात्रै दर्ता गराएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेशकी श्रीमतीले काठमाडौँबाटै लिइन् नागरिकता
-
बागलुङ बजारका धारामा दशकौँदेखि धमिलो पानी
-
१० बजे १० समाचार : गणेश नेपालीको परिवारसँग ९ बुँदे सहमति, संविधान संशोधनमा बिच्किए पुराना दल
-
रवि–बालेन भेट : आत्मदाह घटनादेखि सुकुमबासी व्यवस्थापनबारे छलफल
-
फेरान टोरेसको पीएसजी स्थानान्तरण चर्चा
-
भाषा र संस्कृति संरक्षणमा जुट्दै तनहुँका गुरुङ समुदाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण