जन्ती बस जलाउने विप्लवका सैन्य कमाण्डरलाई आयोगको संरक्षण
गत फागुन ३० गते कैलालीको बडैपुरमा जन्ती बसमा आगजानी गर्ने विप्लव समूहका सैन्य कमाण्डरलाई राष्ट्रिय मानव अधिकार आयोगको क्षेत्रीय कार्यालय कोहलपुरले संरक्षण दिएको खुलेको छ ।
विप्लव समूहका प्रदेश ५, ६ र ७ का इन्चार्ज रहेका दान बहादुर फडेरालाई बम विस्फोटलगायत अपराधिक गतिविधिमा संलग्न रहेको भन्दै इलाका प्रहरी कार्यालय, कोहलपुरले एक गेष्ट हाउसबाट गत चैत १२ गते पक्राउ पर्यो ।
तर, फडेरा वैशाख ८ गते जिल्ला अदालत बाँकेबाट साधारण तारेखमा रिहा भए । रिहा भएका फडेरालाई आयोगका प्रमुख चन्द्रकान्त चापागाईं आफै अदालत गएर गाडीमा लगेको कोहलपुरका एक प्रहरी अधिकृत बताउँछन् ।
अदालतबाट रिहा भएसँगै उनी अहिले राष्ट्रिय मानव अधिकार आयोजको क्षेत्रीय कार्यालय कोहलपुरको संरक्षणमा रहेको खुलेको हो ।
स्रोतका अनुसार आयोगले फडेरालाई आज सीडीओ कार्यालयमा लगेर बुझाउने तयारी गरेको छ ।
फडेरामाथि जिल्ला प्रहरी कार्यालय कैलालीमा पनि मुद्दा परेको छ । कैलालीले अदालतको पत्रसँगै पक्राउ गर्न आदेश दिएपनि आयोगले संरक्षण दिएको कोहलपुरका डीएसपी रमेशबहादुर सिंहले जानकारी दिए ।
डीएसपी सिंहले भने, ‘कैलालीबाट फडेरालाई पक्राउ गरी पठाउन भनी आदेश आएको छ । त्यसैले सीडीओ कार्यालयमा बुझाउन लाग्दा फडेरालाई पक्राउ गरी कैलाली पठाउने तयारीमा छौँ ।’
यता यो विषयमा आयोगका प्रमुख चापागाईंले हाम्रो शरणमा आएर सुरक्षाको दृष्टिकोणले संरक्षण दिएको बताए । उनले भने, ‘अरु मुद्दा के छ हामीलाई थाहा छैन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण