टोट्टनहामलाई इरिक्सनले हारबाट जोगाए
एजेन्सी - खेलको अन्तिममा क्रिस्टियन इरिक्सनले गोल गरेपछि टोट्टनहाम इङ्लिस प्रिमियर लिग फुटबलमा हारबाट जोगिएको छ । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा टोट्टनहामले ब्राइटन एण्ड होभ अल्वियोनलाई १–० गोलले हरायो । कठिन जितसँगै टोट्टनहामले शीर्ष चारमा रहँदै च्याम्पियन्स लिगमा छनोट हुने आधार बलियो बनाएको छ ।
मैदानमा अधिकांश समय बलमा पकट जमाएपनि टोट्टनहामलाई गोल गर्न खेलको अन्तिमसम्म संघर्ष गर्नु परेको थियो । टोट्टनहामलाई जिताउन ८८ औं मिनेटमा इरिक्सनले गोल गरे । उनले डेल अलीको पासमा गोल गरेका थिए । जितसँगै तेस्रो स्थानमा रहेको टोट्टनहामले ३५ खेलबाट ७० अंक बनाएको छ । यसैगरी चौथो स्थानमा रहेको चेल्सीको ६७, पाँचौं स्थानमा रहेको आर्सनललको ६६ र छैटौं स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको ६४ अंक छ । टोट्टनहामसँग हारेको ब्राइटन ३४ अंक सहित १७औं स्थानमा छ । उपाधिको दौडमा रहेको शीर्ष टोली लिभरपुलको ८८ र म्यानचेस्टर सिटीको ८६ अंक छ ।
फुटबल जगतमा नयाँ कीर्तिमान
यसैगरी सात सेकेन्डमै गोल भएको प्रिमियर लिगकै अर्को खेलमा वाटफोर्ड र साउथह्याम्टनले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । खेलमा सुरुवाती गोल साउथह्याम्टनले गरेको थियो ।
खेल सुरु भएको सातौं सेकन्डमा साउथह्याम्टनका स्ट्राइकर सेन लङले गोल गरे । लङले इङ्लिस प्रिमियर लिगमा सर्वाधिक छिटो गोल गर्ने खेलाडीको नयाँ कीर्तिमान रचे । लङले यसअघि टोट्टनहामका लिड्ले किङको नाममा रहेको किर्तिमान तोडेका हुन् । यसअघि सन् २००० मा लिड्लेले टोट्टनहामबाट १० सेकेन्डमा गोल गरेका थिए ।
प्रतिस्पर्धात्मक खेलमा वाटफोर्डले दोस्रो हाफको इन्जुरी समयमा बराबरी गोल फर्काएको थियो । वाटफोर्डका लागि आन्द्रे ग्रेले बराबरी गोल गरेका थिए । बराबरीसँगै सातौं स्थानमा रहेको वाटफोर्डले ५० अंक बनाएको छ । १६औं स्थानमा रहेको साउथह्याम्पटनको ३७ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लमजुङमा वृद्धको हत्या, गहना लुटेर चितवनमा बिक्री
-
१० बजे १० समाचार : संसद्मा जाँदा विवादमा प्रधानमन्त्री, पुराना दलमा पुरानै रोग
-
उपराष्ट्रपति यादवद्वारा कतारी अमिरलाई राष्ट्रपतिको शोक पत्र हस्तान्तरण
-
सुदूरपश्चिम सरकारः अल्पमतमा शाह, सत्ताको चाबी नेकपाको हातमा
-
ठमेलबाट ‘वान एक्सबेट’ का दुई एजेन्ट पक्राउ
-
सबै प्रदेशमा जलन उपचार र मानसिक स्वास्थ्य सेवा सुदृढ गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण