अर्जुन कपुरले विवाहबारे प्रतिक्रिया दिँदै भने, ‘यो कुरामा आवश्यकताभन्दा बढी हल्ला भइसकेको छ’
पछिल्ला थुप्रै दिनदेखि अर्जुन कपुर र मलाइका अरोराबीच विवाहको खबर चर्किएको छ । विवाहको मिति, स्थानलगायतका विभिन्न खबर सार्वजनिक भइसकेका छन् । अर्जुन–मलाइकाको अप्रिल १९ मा विवाह हुन लागेको बताइएको थियो तर यस्तो भएन । अब यो जोडीले जूनमा विवाह गर्ने तयारी गरिरहेको अफवाह फैलिएको छ । यसबारे अर्जुन कपूरले कुरा गरेका छन् ।
आफ्नो विवाहबारे कुरा गर्दै उनले भने, ‘होइन, मेरो विवाह हुन लागेको होइन । म अहिले ३३ वर्ष पुगेको छु र मलाई विवाह गर्न कुनै हतार छैन । यदि मैले विवाह गरेँ भने मानिसहरुलाई थाहा भइहाल्छ नि । आजकाल एक हदपछि केही कुरा पनि लुक्दैन । अनुमान गर्दा कुनै क्षती हुँदैन तर मलाई लाग्छ कि हरेक प्रत्येक त्यसबारे प्रतिक्रिया दिँदा मलाई राम्रो लाग्दैन । यसबाहेक लगातार प्रतिक्रिया दिँदा थकाईसमेत लाग्छ । यो विषयमा आवश्यकताभन्दा बढी हल्ला भइसकेको छ तर मेरो मलाई कसैसँग पनि रिस उठेको छैन ।’
उक्त अन्तरवार्तामा अर्जुनले मलाइका आफ्नो लागि विशेष भएको स्विकारेका छन् ।
मलाइकाले पनि दिएकी थिइन् प्रतिक्रियाः
मलाइकाले पनि केही दिन अघि अर्जुन कपुरसँगको विवाहको खबर खण्डन गरेकी थिइन् । मलाइकाले मिडियासँगको कुराकानीमा भनेकी थिइन्, ‘यो सबै बकवास हो ।’
वास्तवमा, साढे दुई वर्ष अघि अरबाज खानसँग विवाह टुटेपछि मलाइका र अर्जुनको सम्बन्धबारे चर्चा निकै चुलिएको छ । दुबै केही दिन अघि माल्दिभ्समा छुट्टी मनाएर पनि फर्किएका थिए । मलाइका ४५ वर्ष पुगेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिला उद्यमीलाई सघाउन सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ महिला समृद्धि कर्जा’
-
बंगलादेशमा बाढी र पहिरोबाट ४४ जनाको मृत्यु, १० लाखभन्दा बढी प्रभावित
-
सरकारका सय दिन उत्साहप्रद छैनन्, न त उल्लेख्य
-
जेब्रा झोला बोकेर होल्डिङ सेन्टरबाट बाहिरिँदै गरेका बालकलाई हर्क साम्पाङले गरे ५० हजार सहयोगको घोषणा
-
सुकुमबासीलाई एउटा जोखिमबाट निकालेर अर्को जोखिममा धकेलियो : आङ्देम्बे
-
पूर्व गृहसचिव पद्मप्रसाद पोखरेलको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण