आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

सलमान र उनका अंगरक्षक शेराविरुद्ध उजुरी दर्ता, भिडियो बनाइरहेका युवकमाथि कुटपिटको आरोप

शुक्रबार, १३ वैशाख २०७६, ०९ : ५३
शुक्रबार, १३ वैशाख २०७६

बलिउड अभिनेता सलमान खान र उनका अंगरक्षक शेराविरुद्ध मुम्बईको डीएन नगर पुलिस स्टेशनमा एक युवकले उजुरी दर्ता गरेका छन् । युवकले भिडियो बनाउने बेला सलमान र शेराविरुद्ध कुटपिट गरेको आरोप लगाएका छन् ।

पुलिसले भारतीय मिडियालाई दिएको जानकारी अनुसार सलमान बुधबार बेलुका डिएन नगर इलाकामा साइकल चलाइरहेका थिए । यति नै बेला युवकले उनको भिडियो मोबाइलबाट सुट गर्न थाले । युवकले करिब २० मिनेटसम्म सलमानको भिडियो बनाइरहे । जसका कारण सलमानलाई एकाएक रिस उठ्यो । सलमानले रिसमा जबर्जस्ती उनको मोबाइल खोसे । साथै, सलमान र उनका अंगरक्षकले उनलाई कुटपिट पनि गरे ।

घटनापछि पीडित युवकले डिएन नगरमा पुलिस स्टेशनमा सलमान र शेराविरुद्ध उजुरी दिएका छन् । पुलिस अहिले घटनाको अनुसन्धान गरिरहेको छ त्यसपछि थप कारवाही गरिने पुलिसले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप