आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

सलमानकी भाञ्जी यस फिल्ममार्फत् डेब्यू गर्दै

शुक्रबार, १३ वैशाख २०७६, १० : ३१
शुक्रबार, १३ वैशाख २०७६

सलमान खानको आगामी फिल्म दबंग थ्री एउटा मात्र नभई दुई ‘स्टारकिड’ को करियरको  सुरुवाती बिन्दु हुनसक्छ । रिपोर्टका अनुसार सलमानकी भाञ्जी एलिजा अग्निहोत्री यो फिल्मबाट डेब्यू गर्न सक्छिन् ।

भारतीय मिडियाका अनुसार एलिजाले यो फिल्ममा कस्तो भूमिका निभाउँछिन् भन्नेबारे खुलासा भइसकेको छैन । एलिजा सलमानकी दिदी अलिविराकी छोरी हुन् जसको विवाह नायक–निर्माता अतुल अग्निहोत्रीसँग भएको थियो ।

महत्वपूर्ण भूमिकामा हुनेछिन् अश्विमीः

यस्तै, महेश मांजरेकरकी छोरी अश्विमी पनि यो फिल्ममार्फत् बलिउडमा डेब्यू गर्न सक्छिन् । अश्विमीको भूमिका एउटा यस्तो युवतीको रुपमा हुनेछ जसलाई फिल्ममा चुलबुल पाण्डेय बनेका सलमान खानले बचाउनेछन् । उनलाई बचाउँदै गर्दा फिल्ममा सलमानको धमाकेदार एन्ट्री हुन्छ । फिल्मका निर्देशक प्रभु देवा हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप