गोरखा दरबारको पुनर्निर्माणमा भएको ढिलाइप्रति सभामुखको चिन्ता
प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले गोरखा दरबारको पुनर्निर्माण छिटो गर्न सुझाव दिएका छन् ।
शुक्रबार विहान गोरखा दरबारको निरीक्षण गर्दै उनले पुनर्निर्माणको कार्य सुस्त गतिमा भइरहेकोमा चिन्ता व्यक्त गर्दै काममा ढिलासुस्ती नगर्न मातहतका कर्मचारीहरुलाई सुझाव दिएका हुन् ।
ऐतिहासिक महत्व रहेको गोरखा दरबारको मौलिक संरचना नबिग्रने गरी पुनर्निर्माण गर्नुपर्ने सभामुख महराको आग्रह थियो । उनले गोरखा दरबारको संरक्षण संवद्र्धन र प्रवद्र्धनमा सरकार, स्थानीय निकाय र सरोकारवाला सवैको चिन्ता र चासो हुनुपर्ने धारणा समेत राखे ।
यसैवीच सभामुख महराले गोरखा संग्रहालयको समेत अवलोकन, निरीक्षण गरेका छन् ।
अवलोकनमा सभामुख महराका साथै प्रतिनिधि सभाका शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्ती, प्रतिनिधि सभा सदस्य हरीराज अधिकारी, संविधानसभा सदस्य कृष्ण धिताल, गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठ, सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी, गोरखा दरबार, गोरखा संग्रहालयका कर्मचारीहरुको सहभागीता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मलद्वारमा लुकाएर खैरो हेरोइन भित्र्याउने दुई जना पक्राउ
-
देशभरका मुख्य राजमार्गहरूमा बाढी र पहिरोको असर : कतै पूर्ण अवरोध, कतै एकतर्फी सुचारु
-
लमजुङमा वृद्धको हत्या, गहना लुटेर चितवनमा बिक्री
-
१० बजे १० समाचार : संसद्मा जाँदा विवादमा प्रधानमन्त्री, पुराना दलमा पुरानै रोग
-
उपराष्ट्रपति यादवद्वारा कतारी अमिरलाई राष्ट्रपतिको शोक पत्र हस्तान्तरण
-
सुदूरपश्चिम सरकारः अल्पमतमा शाह, सत्ताको चाबी नेकपाको हातमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण