शीर्ष स्थानमा रहेकाे चेन्नईलाई मुम्बईले दियाे धक्का
एजेन्सी - इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको शीर्ष स्थानमा रहेको चेन्नई सुपर किंग्सलाई मुम्बई इन्डियन्सले धक्का दिएकाे छ । शुक्रबार राति भएको खेलमा मुम्बईले चेन्नईलाई ४६ रनले हराउँदै जित निकालेकाे थियो ।
चेन्नईस्थित एम चिदामबराम स्टेडियममा मुम्बईले दिएको एक सय ५६ रनको लक्ष्य पछ्याएको चेन्नई १७.४ एक सय ९ रनमा समेटिएको थियो । सुरेश रैनाको कप्तानीमा उत्रिएको चेन्नईका लागि विजय मुरालीले सर्वाधिक ३८ रन बनाए । कप्तान महेन्द्र सिंह धोनी अस्वस्थ भएपछि रैनाले चेन्नईको कप्तानी सम्हालेका थिए ।
मिचेल स्टाननरले २२ र ड्वाने ब्राभोले २० रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् । चेन्नईलाई सस्तैमा समेट्न मुम्बईका लाथिस मलिङगा एक्लैले चार विकेट लिए । कुर्नाल पाण्ड्या र जस्प्रित बुम्राहले दुई दुई तथा अनुकुल रोए र हार्दिक पाण्ड्याले एक एक विकेट झारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा चार विकेटको क्ष्मितमा एक सय ५५ रन बनाएको थियो । मुम्बईका लागि कप्तान रोहित शर्माले ६७ रनको अर्धशतकीय इनिङ खेले । इभिन लेविसले ३२, हार्दिक पाण्ड्याले अविजित २३, क्विनटन डी ककले १५ र केइरन पोलार्डले अविजित १३ रन बनाए ।
बलिङमा चेन्नईका मिचेल सान्टनरले दुई तथा दिपक चाहर र इमरान ताहिरले एक एक विकेट लिए । जितसँगै मुम्बई लिगको दोस्रो स्थानमा उक्लिएको छ । मुम्बईले ११ खेलबाट १४ अंक बनाएको छ । १२ खेलबाट १६ अंक बनाएको चेन्नई शीर्ष स्थानमा यथावत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण