व्यापारीहरुको अवरोधका बीच यसरी चल्यो खुलामञ्चमा डोजर (फोटोफिचर)
काठमाडौं–व्यापारीहरुको अवरोधका बीच खुलामञ्च अतिक्रमण गरेर बनाइएका सटर भत्काइएको छ।
‘माथि’को आदेश भन्दै काडमाडौं महानगरपालिकाले डोजर परिचालन गरेर ठेकेदारले नियम विपरित बनाएका पसलमा शनिबार भत्काएको हो । महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्कीले महानगरपालिकाको निर्णयमा भन्दा पनि ‘माथिको आदेश’ डोजर चलाइएको प्रतिक्रिया दिइन् । तर, कहाँबाट आदेश आएको हो भन्नेबारे उनले नखुलाएपनि प्रधानमन्त्री कार्यालयको आदेशमा डोजर चलाइएको बताइएको छ ।
डोजर चल्दा चर्को सलामी तिरेर सटर भाडामा लिएका व्यवसायीहरुले अवरोधको प्रयास गरेका थिए ।
ठेकेदार मनोजकुमार भेटवालको जलेश्वर स्वच्छन्द विकोई विल्डर्सले खुलामञ्चमा अवैध सटर बनाएर व्यापार थालेको थियो । जसमा महानगरको समेत मिलेमतो रहेको खुलासा भएको थियो ।
भेटवालले खुलामञ्चभित्र करिब ४० वटा सटरहरु बनाएको र अरु संरचनापनि विस्तारको तयारी थालेका थिए ।
व्यापारीले अवैध ती सटर तीनदेखि १० लाख रुपैयाँ माथिसम्ममा खरिद गरेका थिए भने सटरको भाडा प्रतिमहिना ८ देखि १२ हजारसम्म तोकिएको थियो ।
सटर भाडामा लिनेमा अधिकांश फुटपाथमा व्यापार गर्ने साना व्यापारी हुन् ।
उनीहरूले बिचौलियाको माध्यमबाट सटर खरिद गरेका थिए ।



















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश स्थापना यता ७११ किलोमिटर सडक कालोपत्रे, निर्माणमा सुस्तता
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण