रेनेस फ्रेन्च कप विजेता हुँदा एम्बाप्पेलाई रातो कार्ड
एजेन्सी - लगातार पाँच पटकको च्याम्पियन पेरिस सेन्ट जर्मन (पीएसजी)लाई सडनडेथमा ६–५ गोलले हराउँदै फ्रेन्च कप फुटबलको उपाधि रेनेसले जितेको छ । शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलकाे निर्धारित समयमा २–२ गोलको बराबरीमा सकिएको थियो ।
अतिरिक्त समयमा दुवै टाेलीले गोल गर्न सकेनन् । त्यससँगै टाइब्रेकरमा दुवै टोलीले ५–५ गोल गरे । सडनडेथमा पुग्दा रेनस भाग्यमानी बन्यो । रेनेसले सन् १९७१ पछि पहिलो पटक फ्रेन्च कप उपाधि जितेको हो । रेनेसको यो तेस्रो उपाधि हो । यता पीएसजी सन् २०११ यता पहिलो पटक फाइनलमा पराजित भयो ।
पीएसजीले १३ औं मिनेटमा ड्यानी आल्भेसको गोलमा अग्रता लिएको थियो । त्यसपछि स्टार स्ट्राइकर नेइमारले २१ औं मिनेटमा गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए । ४० औं मिनेटमा पीएसजीका प्रेस्नेल किम्पेम्बेको प्रहार आत्मघाती गोलमा परिणत भएपछि रेनेसले खेलमा पुनरागमनको मौका पायो । ६६ औं मिनेटमा मेक्सरले हेड गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
त्यसपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा केलियन एमबाप्पेको प्रहार पोस्टमा लागेर फर्कियो । खेल सकिन दुई मिनेट बाँकी छँदा एमबाप्पे रातो कार्ड पाउँदै बाहिरिए । उनले रेनेसका खेलाडीलाई फल हानेपछि रातो कार्ड पाएका थिए ।
त्यससँगै टाइब्रेकरमा पुगेको खेलमा दुवै टोलीले ५-५ गोल गरे । सडन डेथमा रेनेसका स्माईला सारले गोल गरे । पीएसजीका क्रिस्टोफर एनकुन्कुले मिस गरेपछि रेनेस च्याम्पियन बन्ने भाग्यमानी बनेकाे हाे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण