एभेन्जर्स एन्डगेमः फिल्म हेरेपछि थुप्रै घण्टासम्म रोइन् चीनियाँ युवती, अस्पतालमा डाक्टरले लगाउनुपर्याे अक्सिजन
मार्वलको सुपरहिरो सिरिज एभेन्जर्स एन्डगेम संसारको सबैभन्दा चर्चित फिल्ममध्येको एक हो । यो एभेन्जर्स सिरिजको अन्तिम फिल्म हो । प्रशंसकमा यसको यति क्रेज छ कि यसको समाप्तिमा मानिसहरु निकै दुःखी भएका छन् । चीनकी एक युवतीको फिल्म हेरेपछि स्वास्थ्य नै बिग्रिएको छ जसका कारण उनलाई अस्पतालमा नै भर्ना गर्नुपर्यो ।
हात–खुट्टा सुन्नियोः
स्रोतका अनुसार २१ वर्षकी ती युवती फिल्म हेर्न हलमा पुगिन् । फिल्म हेरेपछि उनी निकै दुःखी भइन् र रुन थालिन् । उनी थुप्रै घण्टासम्म रोएका कारण स्वास्थ्य बिग्रन थाल्यो । त्यसपछि उनलाई अस्पताल भर्ना गर्नुपर्यो । जब उनलाई अस्पताल पुर्याइयो उनलाई सास फेर्न समस्या भइरहेको थियो र उनको हात खुट्टा सुन्निएका थिए । डाक्टरले उनलाई अक्सिजन लगाउनु पर्यो र उनलाई नर्मल गराउन निकै सान्त्वना दिनुपर्याे ।
चीनमा कमायो ३३० करोड:
यो फिल्मले चीनमा अहिलेसम्म ३३० करोड कमाइसकेको छ । साथै, यो संसारको सबैभन्दा धेरै कमाई गर्ने फिल्ममा समावेश भएको छ । फिल्मले संसारभरी १,१८६ करोड बढी कमाई गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिला उद्यमीलाई सघाउन सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ महिला समृद्धि कर्जा’
-
बंगलादेशमा बाढी र पहिरोबाट ४४ जनाको मृत्यु, १० लाखभन्दा बढी प्रभावित
-
सरकारका सय दिन उत्साहप्रद छैनन्, न त उल्लेख्य
-
जेब्रा झोला बोकेर होल्डिङ सेन्टरबाट बाहिरिँदै गरेका बालकलाई हर्क साम्पाङले गरे ५० हजार सहयोगको घोषणा
-
सुकुमबासीलाई एउटा जोखिमबाट निकालेर अर्को जोखिममा धकेलियो : आङ्देम्बे
-
पूर्व गृहसचिव पद्मप्रसाद पोखरेलको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण