राम गोपाल वर्मा हिरासतमा, त्यसपछि रिहा तर किन ?
वी शंकर /बीबीसी
बलिउड फिल्म निर्माता रामगोपाल वर्माको नाम नयाँ विवादसँग जोडिएको छ । फिल्म ‘लक्ष्मीज एनटीआर’ का लागि बोलाईएको पत्रकार सम्मेलनका कारण आन्ध्र प्रदेशको विजयवाडाका पुलिसले उनलाई र फिल्म निर्मातालाई पक्राउ गर्यो । पछि उनलाई हैदराबाद फिर्ता पठाइयो ।
रामगोपाल वर्माका अनुसार उनको पत्रकार सम्मेलन विजयवाडाको इलापुरम होटलमा हुने कार्यक्रम थियो तर जब त्यसमा बाधा पुर्याइयो तब उनले विजयवाडाको पाइलपुला रोडको एनटीआर सर्कलमा मिडियासँग भेट गर्ने निर्णय लिए ।
रामगोपाल वर्मा जब पत्रकार सम्मेलनका लागि पुगे तब उनलाई र फिल्म निर्माता राकेश रेड्डीलाई हिरासतमा लिइयो । हिरासतमा लिएपछि उनलाई विजयवाडा एयरपोर्टको लाउन्जमा सिफ्ट गरियो । पछि उनीहरुलाई हैदराबाद फिर्ता पठाइयो ।
विजयवाडा पुलिसका अनुसार कानून व्यवस्थालाई बनाइराख्न र आदर्श आचार संहिताका कारण वर्माविरुद्ध कारवाही गरिएको हो ।
विवादमा घेरिएको छ फिल्मः
‘लक्ष्मीज एनटीआर’ फिल्म पछिल्ला दुई महिनादेखि विवादमा छ । यो फिल्मको निर्देशन राम गोपाल वर्माले गरेका हुन् । रिपोर्ट अनुसार यो फिल्म आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री एनटी रामारावको जीवनीजस्तै छ । यो फिल्ममा आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबू नायडूको भूमिकालाई नेगेटिभ शेडमा देखाइएको छ ।
फिल्मको विवाद न्यायलयसम्म पुग्यो । आन्ध्र प्रदेशको हाईकोर्टले आन्ध्र प्रदेशमा फिल्मको रिलिजमाथि प्रतिबन्ध लगाइयो छ ।
यद्यपी, यो फिल्म तेलंगाना र अन्य स्थानमा भने प्रदर्शन भयो । राम गोपाल वर्मा आन्ध्र प्रदेशमा फिल्मको रिलिजको विषयमा मिडियासँग कुरा गर्न चाहन्थे । आन्ध्र प्रदेशमा यो फिल्म मे १ मा रिलिज हुने तयारीमा छ । वर्माले शनिबार फिल्मको प्रोमोशनका लागि उनी मिडियासँग भेट गर्न लागेको जानकारी दिएका थिए ।
वर्माका अनुसार तयारीपछि पनि होटलले पत्रकार सम्मेदनका लागि दिइएको अनुमती अन्तिम अवस्थामा रद्द गरिदियो ।
पत्रकार सम्मेलनका लागि अनुमती फिर्ता लिने होटलले उनीसँग पहिले नै पैसा लिएको वर्माले आरोप लगाए ।
त्यसपछि उनले बेलुका चार बजे सडकमा नै पत्रकार सम्मेलन गर्ने जानकारी दिए । उनले सोसल मिडियामार्फत यसबारे जानकारी दिँदै जो ‘एनटीआरका वास्तविक प्रशंसक हुन् र जसले वास्तविकताको सम्मान गर्छन् उनीहरुले पत्रकार सम्मेलनमा भाग लिने’ बताए । त्यसलगत्तै विवाद सुरु भयो ।
पुलिसले के भन्यो ?
विजयवाडा पुलिसका अनुसार कानून व्यवस्थाको स्थिती बिग्रने सम्भावना देखेर आफूहरुले रामगोपाल वर्मालाई नोटिस दिएका थिए ।
वर्मालाई एयरपोर्टमा जुन नोटिस दिइयो त्यसमा भनिएको थियो – जब दण्ड संहिताको धारा ३० र धारा ४४ लागू भयो तब सडकमा सार्वजनिक पत्रकार सम्मेलन कुनै पनि स्थितीमा गर्न सकिँदैन ।
Sorry to inform that the press meet at 4 pm is cancelled because the police stopped us and have barred my entry into Vijaywada and forcibly sending me back to hyderabad ..Hey @ncbn WHERE IS DEMOCRACY ? WHY IS TRUTH BEING BACK STABBED? https://t.co/cVq91nSfVc
— Ram Gopal Varma (@RGVzoomin) April 28, 2019
उनलाई तुरुन्त विजयवाडा छाड्न आदेश दिइयो । पुलिसका अनुसार नोटिसको उल्लंघन गरेर अघि बढ्दा उनलाई हिरासतमा लिइएको हो । पुलिसका अनुसार रामगोपाल वर्माको यस्तो व्यवहार कुनै पनि स्थितीमा सहन सकिँदैन ।
वर्माले के भने ?
पाइपुला रोडमा एनटीआर सर्कलका विद्यार्थीको परीक्षा भइरहेको पुलिसमार्फत् जानकारी पाएपछि रामगोपाल वर्माले सार्वजनिक पत्रकार सम्मेलन रद्द गर्ने निर्णय गरे । उनले पुलिसलाई होटलमा पत्रकार सम्मेलन गर्न पाउँ भन्दै अनुमती मागे तर उनलाई र रेड्डीलाई हिरासतमा लिइयो ।
रामगोपाल वर्माले ट्वीटरमा पोस्ट गरिएको भिडियोमा भने, ‘हामीलाई जबरजस्ती एउटा कारमा बसाएर एयरपोर्ट पुर्याइयो । हामी विजयवाडा आउन नहुने बताइयो । मलाई यसको कुनै कारणको जानकारी छैन । कानून व्यवस्था कायम राख्नका लागि पुलिस जिम्मेवारीपूर्वक काम गर्नुपर्छ । तर हामीलाई उनीहरुले कुनै प्रश्नको जवाफ दिएनन् । ’
रामगोपाल वर्माले आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबू नायडूलाई ट्याग गर्दै ट्वीट गरे, ‘लोकतन्त्र कहाँ छ ? वास्तविकतालाई किन बाधित गरिँदैछ ?’
होटलले के भन्यो ?
होटल इलामपुरमका फ्रन्ट अफिस इन्चार्ज रजिताले भनिन्, ‘रामगोपाल वर्माले पत्रकार सम्मेलनका लागि एउटा कोठा बुक गरेका थिए तर उनीहरु होटल आएनन् ।’
उनका अनुसार पुलिसले उनलाई होटलमा पत्रकार सम्मेलन नगराउन निर्देशन दिएका थिए । होटलले पहिले नै पैसा लिएको भन्ने आरोपलाई उनले अस्विकार गरेकी छिन् । उनले भनिन्, ‘बुकिङपछि होटलमा कोही पनि आएनन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
-
युक्रेनमा सरकार पुनर्गठन, नयाँ प्रधानमन्त्री नियुक्त गरिने
-
भानु जयन्ती कविता प्रतियोगितामा अधिकारी प्रथम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण