आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

फिल्म फ्लप भएपछि शाहरुखमाथि गहिरो प्रभाव, नयाँ फिल्म साइन गर्न डराए

सोमबार, १६ वैशाख २०७६, १२ : ०८
सोमबार, १६ वैशाख २०७६

शाहरुख खानले फिल्म ‘जिरो’ व्यवसायिक रुपमा विफल भएपछि आफूलाई निकै गहिरो प्रभाव पारेको बताएका छन् । यसैका कारण उनी कुनै पनि नयाँ फिल्म साइन गर्न हिम्मत जुटाउन नसकिरहेको पनि बताए ।  उनले भने, ‘यसपटक फिल्म साइन गर्नुअघि केही समय लिनेछु । पहिला दुई तीन महिनामा निर्णय लिने गर्दथेँ ।’

वास्तवमा शाहरुख बेइजिङ फिल्म फेस्टिबलमा ‘जिरो’ को स्क्रिनिङका लागि चीन पुगेका थिए । त्यहाँ उनले यसको असफलता र आफ्नो नयाँ प्रोजेक्टबारे कुरा गरे ।

परिवारसँग समय बिताउन चाहन्छन् शाहरुखः

शाहरुखले चीनमा एक वेबसाइटलाई दिएको अन्तरवार्तामा भने, ‘यसपटक म पहिलेकै गल्ती दोहोराउँछु जस्तो लाग्दैन । मलाई लाग्छ कि यसपटक म फिल्म हेर्न, स्क्रिप्ट सुन्न र किताब पढ्नका लागि समय लिनेछु । मेरा छोराछोरी पनि आफ्नो कलेज लाइफ पूरा गरिरहेका छन् । सुहाना कलेजमा छिन्, आर्यनको पढाई यो वर्ष पूरा हुनेछ । म परिवारसँग धेरै समय बिताउन चाहन्छु ।’

जूनमा पनि सुरु हुनेछैन कुनै प्रोजेक्टः

शाहरुखले थपे, ‘मैले कतै भनेको थिएँ कि म जूनमा नयाँ प्रोजेक्ट सुरु गर्नेछु । तर यस्तो गर्न असक्षम छु । म त्यतिबेला मात्रै फिल्म गर्नेछु जब मनबाट आवाज आउनेछ । जब मेरो मनले अभिनय गर्न भन्नेछ तबमात्र गर्नेछु । मैले १५–२० वटा कथा सुनेको छु र तीमध्ये दुई–तीनवटा मन परेको छ । तर अहिले नै कुन फिल्म गर्ने भनेर निर्णय गरिसकेको छैन । किनभने मैले निर्णय गर्नेबित्तिकै फिल्ममा काम गर्न सुरु गरिहाल्नेछु । म यसमा पूर्ण रुपमा तल्लिन हुनेछु ।’

आनन्द एल. रायको निर्देशनमा बनेको ‘जिरो’ गत वर्ष डिसेम्बर २१ तारिखमा रिलिज भएको थियो जुन बक्सअफिसमा फ्लप साबित भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप