घरेलु हिंसाको शिकार भइन् टिभीकी नायिका, दोस्रो पटक टुट्यो विवाह
टेलिभिजन नायिका प्रिया बठिजाले सन् २०१७ मा डिजे कवलजीत सलूजासँग विवाह गरेकी थिइन् । तर दुई वर्ष पछि नै प्रियाले कवलजीतसँग सम्बन्धविच्छेद लिने निर्णय गरिन् । अचम्मको कुरा के छ भने यो प्रियाको दोस्रो विवाह हो ।
प्रियाले स्पटब्वइलाई दिएको अन्तरवार्तामा भनिन्, ‘यो निकै दुर्भाग्यको कुरा हो कि म आज सम्बन्धविच्छेदबारे कुरा गरिरहेको छु । एक महिला जो दोस्रोपटक यो अवस्थाबाट गुज्रिरहेकी छिन् । म एक फेयरीटेल विवाहमा विश्वास गर्दथेँ, त्यसैले त दोस्रो विवाह गर्ने सोच बनाए । तर अब विश्वास छैन ।’
प्रियाले भनिन्, ‘म आफ्नो करियरलाई बीचमा नै रोकेर विवाहका कारण रायपुरमा गएर बसेँ । तर जब म आफ्नी श्रीमान् र उनका अभिभावकसँग रायपुर गएर बस्न थालेँ तब मेरा श्रीमान् मुम्बई बस्न चाहेको थाहा पाएँ ।’
उनले थपिन्, ‘हामी मुम्बई सर्यौं । मैले आफ्ना श्रीमानको करियर बनाउन हरेक तरिकाले कोसिस गरेँ । तर उनले यो सम्बन्धलाई कहिले पनि गम्भीरताले लिएनन् । म उनका लागि मुम्बई आउने एउटा टिकट मात्र थिएँ ।’
आफू घरेलु हिंसाको शिकारसमेत भएको बताएर उनले सबैलाई चकित पारिदिइन् । जब स्थिती नियन्त्रण बाहिर रह्यो तब उनले ओशिवारा पुलिस स्टेशनमा उजुरीसमेत दिएको बताइन् ।
उनले भनिन्, ‘मैले यो सम्बन्धमा रहँदा मानसिक र तनावमात्र सहनु पर्यो । जसको प्रमाण मेरो मेडिकल बिल र पुलिसमा दिएको उजुरी हो ।’
प्रियाको आरोप सुनेपछि जब यसबारे उनका श्रीमान डिजे कवलजीत सलूजासँग कुरा गर्न खोजियो तब उनले ‘नो कमेन्ट’ भन्दै कुरा गर्न चाहेनन् ।
स्मरण रहोस्, बठिजाले २२ मे २०१७ मा रायपुरमा विवाह गरेका थिए । यो विवाहमा प्रिया र कवलजीतका आफन्त र केही साथीमात्र समावेश भएका थिए ।
यसअघि प्रियाले टिभी नायक जतिन शाहसँग सन् २००९ मा विवाह गरेकी थिइन् । तर दुई वर्षपछि नै दुबैको सम्बन्ध टुट्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिला उद्यमीलाई सघाउन सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ महिला समृद्धि कर्जा’
-
बंगलादेशमा बाढी र पहिरोबाट ४४ जनाको मृत्यु, १० लाखभन्दा बढी प्रभावित
-
सरकारका सय दिन उत्साहप्रद छैनन्, न त उल्लेख्य
-
जेब्रा झोला बोकेर होल्डिङ सेन्टरबाट बाहिरिँदै गरेका बालकलाई हर्क साम्पाङले गरे ५० हजार सहयोगको घोषणा
-
सुकुमबासीलाई एउटा जोखिमबाट निकालेर अर्को जोखिममा धकेलियो : आङ्देम्बे
-
पूर्व गृहसचिव पद्मप्रसाद पोखरेलको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण