बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

रूस विश्वकपमा पोग्बाले लगाएकाे जुत्ता ३० हजार युरोमा बिक्री

मङ्गलबार, १७ वैशाख २०७६, ०९ : १८
मङ्गलबार, १७ वैशाख २०७६

एजेन्सी -फ्रान्स तथा म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बाले सन् २०१८ मा भएकाे रुस विश्वकपमा लगाएको जुत्ता ३० हजार युरोमा बिक्री भएको छ । दुर्गम क्षेत्रका गरिब बालबालिकालाइ शिक्षा पुर्‍याउने उद्देश्यले आर्थिक संकलनका लागि सोमबार पेरिसमा पोग्बाको जुत्ता लिलामीपछि बिक्री भएको हो । 

अक्सनमा पोग्बाको जुत्ता ३५ देखि ५० हजार युरोसम्म बिक्री हुने अनुमान गरिएको थियो । तर, विश्वकप उपाधि जित्दा पोग्बाले लगाएको जुत्ता ३० हजार युरोमा बिक्री भएकाे हाे । रुस विश्कपको फाइनलमा फ्रान्सले क्रोएसियालाई ४–२ गोलले हराउँलै उपाधि जितेको थियो ।  

पोग्बाले विश्वकपमा आइसल्याण्डविरुद्ध लगाएको जर्सी पनि चार हजार युरोमा बिक्री भएको छ । उनको जुत्ता र जर्सी बिक्रीबाट प्राप्त रकम फ्रान्सको दुर्गम क्षेत्रका गरिब विद्यार्थीको सहगोगमा खर्च गरिने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप