यस्ता विशेषतासहित सामसङले ल्यायो ठाडो टिभी, मूल्य १८ लाख बढी
सामसङले एउटा विशेष खालको टिभी ल्याएको छ । यो परम्परागत टेलिभिजनजस्तै तेर्सो नभई ठाडो हुन्छ । अर्थात् डिजाइनमा यो टेलिभिजन, मोबाइलझैं हुनेछ ।
सामसङको यो टेलिभिजनको नाम सेरो हो । यो टेलिभिजनमा मोबाइलको जस्तै कन्टेन्ट देख्न सकिन्छ । कम्पनीका अनुसार आजका युवा पीढि मोबाइलको भर्टिकल स्क्रिनमा हेर्छन् । उनीहरुको यही बानी हेरेर नै सेरो ल्याइएको हो ।
तेर्सो गरेर पनि घुम्छ यो टेलिभिजनः
सामसङका अनुसा यो टेलिभिजनले मोबाइलको जस्तै अनुभती दिन्छ । उनीहरु आफ्नो स्मार्टफोनलाई टिभीसँग जोडेर गेम खेल्न सक्छन् र ठूलो स्क्रिनमा भिडियो हेर्न र सोसल मिडियासम्म पहुँच पुर्याउन सक्छन् । सामसङको यो टेलिभिजनमा ४३ इन्चको स्क्रिन दिइएको छ । यो टिभी घुमाउन पनि सकिन्छ । यदि कसैले यसलाई ठाडो नभई तेर्सो गरेर हेर्न चाहन्छन् भने त्यो सेवा पनि उपलब्ध छ ।
यदि साउन्डको कुरा गर्ने हो भने टेलिभिजनमा ४.१ च्यानल, ६० वाटको हाई एण्ड स्पिकर दिइएको छ जसको मद्दतले तपाईं सामसङ म्यूजिकसहित स्मार्टफोनमा राखिएका गीत पनि बजाउन सक्नुहुन्छ ।
यो टेलिभिजनलाई सामसङको भर्चुअल असिस्टेन्ट बिक्सबाईबाट नियन्त्रण गर्न सकिन्छ । सामसङको यो भर्टिकल टेलिभिजन सेरोको मूल्य करिब १२,५०० पाउन्ड १८ लाख बढी छ । यो टेलिभिजन अर्को महिना दक्षिण कोरियामा बिक्रिका लागि उपलब्ध हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण अफ्रिकाविरुद्ध चेकियालाई छैटौँ मिनेटमै अग्रता
-
स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु
-
गण्डकी प्रदेशसभा : बजेटमाथि छलफल सुरु
-
एनआरएनएको बजेट घोषणा, संरक्षक परिषद्मा ५ जना नियुक्त (पूर्णपाठ)
-
आप्रवासीहरूको नागरिकता खोस्ने अभियान तीव्र बनाउँदैछ ट्रम्प प्रशासन
-
क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ७ चिनियाँ नागरिक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण