आयाक्ससँग घरेलु मैदानमा टोट्टनहाम पराजित
एजेन्सी - च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा डच टोली आयाक्सले रोमाञ्चक जित हात पारेको छ । मंगलबार राति भएको खेलमा अयाक्सले इङ्लिस क्लब टोट्टनहामलाई उसैको मैदानमा १–० गोलले हराउँदै जित हात पारेकाे हाे ।
युवा खेलाडीले भरिएको आयाक्सले पहिलो लेगमा टोट्टनहामलाई हराएपछि फाइनलमा पुग्ने आधार बलियो बनाएको छ । दोस्रो लेग आगामी मे ८ तारिख आयाक्सको मैदानमा हुनेछ । प्रतिस्पर्धात्मक खेलमा आयाक्सले १५ औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो । आयाक्सका लागि डोनी भान डे बिकले गोल गरेका थिए ।
सुरुवातमै पछि परेको टोट्टनहामलाई युवा खेलाडीले भरिएको आयाक्सको दबाब झेल्न निकै गाह्रो परेको थियो । टोट्टनहामका मुख्य हतियार ह्यारी केन चोटका कारण खेल्न नसक्दा र सन हेउङमिन समेत नहुँदाको फाइदा आयाक्सले उठायो ।
दोस्रो हाफमा केही आक्रामक देखिएको टोट्टनहामले मध्य भागमा राम्रो खेले पनि गोल फर्काउन सकेन । आयाक्सले पनि केही राम्रा अवसर गुमाएको थियो । दोस्रो हाफमा आयाक्सका डेविड नेरेसको शसक्त प्रहार पोस्टमा लागेर फर्किएको थियो । अन्तिमसम्म दुवै पक्षले गोल गर्न नसकेपछि पहिलो लेगमा आयाक्स विजयी भयो ।
अब दोस्रो लेगमा टोट्टनहामलाई खेलमा फर्कन निकै मिहेनत गर्नु पर्ने दबाब बढेको छ । आयाक्सलाई भने टोट्टनहामलाई बराबरीमा रोक्न सके काफी हुनेछ । आयाक्स क्वार्टरफाइनलमा इटालियन महारिथ युभेन्टसलाई हराएर सेमिफाइनलमा पुगेको थियो । टोट्टनहामले इङ्लिस म्यानचेस्टर सिटीलाई हराएर सेमिफाइनलमा स्थान बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्च अदालतः जलेका २० हजार मिसिलमध्ये १८ हजार 'पुनर्जीवित'
-
के अर्जेन्टिनाले काला वर्णका खेलाडीहरूलाई स्थान दिँदैन ?
-
कांग्रेस–एमाले गठबन्धन भत्किए गण्डकीमा नेकपा हुन सक्छ निर्णायक
-
ग्यासमा हुने कालोबजारी नियन्त्रण गर्न समितिको निर्देशन
-
मधेस प्रदेशमा आर्थिक विनियोजन विधेयक पारित
-
सिद्धिडाँडामा प्रचारप्रसार र पूर्वाधार आवश्यकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण