आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

बच्चा जन्माएपछि १०२ किलो भएकी थिइन् नायिका, सबैसँग लुक्दै हिँडिन्

बुधबार, १८ वैशाख २०७६, १२ : १७
बुधबार, १८ वैशाख २०७६

बलिउड नायिका समिर रेड्डी लामो समयदेखि फिल्मबाट टाढा छिन् । हालै उनले आफ्नो सोसल मिडिया अकाउन्टमा आफ्ना दुई फोटोको एउटा कोलाज सेयर गरेकी छिन् । यो कोलाजमा समिराले सन् २०१५ मा गर्भावस्थापछि र अहिलेको तस्बिर दाँजेकी छिन् ।

समिराले आफ्नो इन्स्टग्राममा तस्बिर सेयर गर्दै लेखेकी छिन्, ‘मेरो लागि यो सेयर गर्नु निकै महत्वपूर्ण छ किनभने महिलाले यो थाहा पाउन जरुरी छ कि यस्तो संघर्ष सबैलाई पर्छ । ’ उनका अनुसार सन् २०१५ मा जब उनका छोरा हंसको जन्म भयो तब उनको तौल १०२ किलोसम्म पुगेको थियो । त्यसपछि उनी निकै तनावमा हुन थालेको बताइन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

I touched 102 Kgs in May 2015, the month Hans was born and I’m not scared to admit it . It took me to the deepest darkest places in my head. My confidence shattered . And I couldn’t lose the weight for a year after because I was too scared to even step out . I disappeared because I didn’t have the strength to be judged by the world after all the years of being glam and fit on screen . But the beautiful part is that you can only hit your lowest low to know you can absolutely climb out of that hole . It’s a fight . A hard one . Took me 2 years more to lose the weight and to step out and face the world again but I wish I had the courage then. I did it naturally with no fad diets , no easy way out. Only with dedicated workout, yoga, pilates and strength training . It’s important for me to post this now because I need women to know the struggle is real . The mood swings , hormonal changes and losing your body shape can mess with your mind. It’s a superficial world and people can be hurtful if you don’t keep up . But the key is to be fearless. Only you can get out of that rut. It’s yours to change. Be brave . You can move mountains if you just will it . ❤️. . Special thanks to the best workout crew who also gave me the physical & emotional strength to get fit again @yogabypramila @adishroff @ivan_ultimatefitness @nyelakapadia & Kaizen Motafram my Pilates guru! love you guys ❤️. . #bollywood #mom #keepingitreal #weightlosstransformation #fattofit #pilates #postpregnancy #yoga #bodytransformation #fitness #fitnessmotivation #weightlossjourney #pregnancy #fitness

A post shared by Sameera Reddy (@reddysameera) on

समिरा थप्छिन्, ‘जब मेरो तौल बढ्यो तब म निकै चिन्तित हुनथालेँ । मलाई यो भन्न कुनै समस्या छैन कि त्यतिबेला मेरो आत्मविश्वास निकै कम भएको थियो । यतिका वर्षसम्म फिट भएकी म बढ्दो तौल सहित मानिसहरुसामू उभिन हिम्मत गरिनँ । त्यसकारण म सबैसँग लुक्दै हिँड्थेँ । ’ समिरा दोस्रो सन्तानलाई जन्म दिन तयारीमा छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप