भरतपुरका हरेक घरमा छिटै शुद्ध खानेपानी पुग्छ : रेनु दाहाल
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरका हरेक घरमा छिटै शुद्ध खानेपानी पु¥याउने बताएकी छिन् । उनले काठमाडौँजस्तो पानी नपाउने अवस्था आउन नदिने बताएकी हुन् ।
भरतपुर खानेपानी व्यवस्थापन बोर्डको अन्तक्र्रिया कार्यक्रममा महानगर प्रमुख दाहालले भरतपुर महानगरका हरेक नागरिकको घरमा शुद्ध खानेपानी पु¥याउन आफू लागिरहेको बताइन् । उनले भनिन्, ‘खानेपानी विस्तार हुँदै गइरहेको छ, शुद्ध खानेपानीको पहुँच महानगरवासीलाई सहज रुपमा उपलब्ध गराउन कुनै कसर बाँकी राख्ने छैन ।’
अहिले भरतपुरमा ४३ प्रतिशत नागरिकमा शुद्ध खानेपानी पुगेको छ । महानगर प्रमुख दाहालले भनिन्, ‘वर्सेनि खानेपानीको पहुँच बढ्दै जान्छ ।’
खानेपानी वितरण र विस्तारमा केही समस्या सडक विस्तार, ढल व्यवस्थापन र विद्युत्को कारणले आएको उनले बताइन् ।
महानगरकी उपमेयर पार्वती शाहले शुद्ध पानी वितरण गर्दा सडक, विद्युत् र ढल व्यवस्थापनका लागि महानगरले नीति ल्याउने तयारी गरेको बताइन् । कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहालले बोर्डले हालसम्म गरेका प्रगति बारेमा प्रकाश पारेका थिए ।
बोर्डले हालसम्म १ देखि १६ र २२ मा शुद्ध पानी दिँदै आएको छ । ३३ वटा डिप बोरिङ्गमार्फत दैनिक १२ घण्टा पानी दिँदै आएको छ । दैनिक औषत २ करोड ५ लाख लिटर पानी उत्पादन गरी वितरण गरेको बोर्ड प्रमुख प्रशासकीय अधिकृत एवम् सूचना अधिकारी सञ्जय बरालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मलद्वारमा लुकाएर खैरो हेरोइन भित्र्याउने दुई जना पक्राउ
-
देशभरका मुख्य राजमार्गहरूमा बाढी र पहिरोको असर : कतै पूर्ण अवरोध, कतै एकतर्फी सुचारु
-
लमजुङमा वृद्धको हत्या, गहना लुटेर चितवनमा बिक्री
-
१० बजे १० समाचार : संसद्मा जाँदा विवादमा प्रधानमन्त्री, पुराना दलमा पुरानै रोग
-
उपराष्ट्रपति यादवद्वारा कतारी अमिरलाई राष्ट्रपतिको शोक पत्र हस्तान्तरण
-
सुदूरपश्चिम सरकारः अल्पमतमा शाह, सत्ताको चाबी नेकपाको हातमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण