आर्सनलले जित निकाल्दा चेल्सी बराबरीमा रोकियो
एजेन्सी - युरोपा लिग फुटबलअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा इङ्लिस क्लब आर्सनलले स्पेनिस क्लब भ्यालेन्सियलाई ३–१ गोलले हराएको छ । इङ्लिस क्लब चेल्सी भने अर्को खेलमा जर्मन क्लब आइनट्रायच फ्रान्कफर्टसँग १–१ गोलको बराबरीमा रोकिएको छ ।
बिहीबार राति घरेलु मैदान इमिरेट्स स्टेडियममा आर्सनललाई तिजाउन अलेक्ससान्ड्रे लाकाजेट्टीले १८ औं र २६ औं मिनेटमा दुई गोल गरे । पिर्रे इमरिक अउबामियाङले दोस्रो हाफमा इन्जुरी समयमा गोल गरेका थिए । भ्यालेन्सियाका मौकटार डियाखावीले ११ औं मिनेटमा सुरुवाती गोल गरेका थिए । जितसँगै आर्सनलले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । दोस्रो लेग आगामी मे १० लारिख भ्यालेन्सियाको घरेलु मैदानमा हुनेछ ।
यसैगरी आइनट्रायच फ्रान्कफर्टको मैदानमा भएको अर्को खेलमा चेल्सीविरुद्ध घरेलु टोलीले २३ औं मिनेटमा सुरुवाती गोल गरेका थिए । आइनट्रायच फ्रान्कफर्टका लागि लुका जोभिचले गोल गरे । त्यसपछि जोसिएको चेल्सीले ४५ औं मिनेटमा बराबरी गोल फर्कायो । चेल्सीका लागि पेड्रो रोड्रिग्वीजले गोल गरे । त्यसपछि दुवै टोलीले गोल गर्न नसक्दा खेल बराबरीमा सकिएको थियो । दोस्रो लेग अर्को साता चेल्सीको मैदानमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लमजुङमा वृद्धको हत्या, गहना लुटेर चितवनमा बिक्री
-
१० बजे १० समाचार : संसद्मा जाँदा विवादमा प्रधानमन्त्री, पुराना दलमा पुरानै रोग
-
उपराष्ट्रपति यादवद्वारा कतारी अमिरलाई राष्ट्रपतिको शोक पत्र हस्तान्तरण
-
सुदूरपश्चिम सरकारः अल्पमतमा शाह, सत्ताको चाबी नेकपाको हातमा
-
ठमेलबाट ‘वान एक्सबेट’ का दुई एजेन्ट पक्राउ
-
सबै प्रदेशमा जलन उपचार र मानसिक स्वास्थ्य सेवा सुदृढ गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण