राष्ट्रपतिको स्वागतका लागि सिंगारियो संसद भवन, यी रुटमा हुन सक्छ सवारी जाम (फोटोफिचर)
काठमाडौँ । सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी संसद भवन नयाँ बानेश्वर आउने भएपछि स्वागतका लागि संघीय संसद भवन सिंगारिएको छ ।
संसद सचिवालयका कर्मचारीहरु शुक्रबार बिहानैबाट संसद भवन सिर्गान व्यस्त बनेका थिए । उनीहरु सरसफाई, पानीको फोहोरा मिलाउने , कार्पेट विच्छाउनेलगायतका सजावटका काम व्यस्त देखिन्थे ।
त्यस्तै बानेश्वर आसपासको सुरक्षाका लागि उल्लेख्य मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार ४ बजेपछि संसदमा सरकारको नीति तथा कार्यक्रम पढेर सुनाउँदैछिन् ।

राष्ट्रपति संसद भवन पुग्दा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनालगायतले स्वागत गर्नेछन् ।
राष्ट्रपतिले सम्बोधन नीति तथा कार्यक्रम सुरु गर्नुभन्दा आधा घण्टा अगाडि नै सांसदलाई आ–आफ्नो स्थानमा आशन ग्रहण गर्न भनिएको छ । राष्ट्रपतिका लागि सभामुखको आशनको दायाँपट्टि विशेष आशनको व्यवस्था गरिएको छ ।
संसद बैठकमा प्रधानमन्त्रीले सरकारको नीति तथा कार्यक्रमको पुस्तिका राष्ट्रपतिलाई हस्तान्तरण गरेसँगै उनले वाचन गर्नेछिन् ।
त्यसलगत्तै सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा धन्यवाद प्रस्ताव पेश गर्न आजै दुवै सदनका छुट्टाछुट्टै बैठक बस्नेछन् ।

यी रुटमा हुनसक्छ सवारी जाम
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका लागि आज दिउँसो ३ बजेदेखि महराजगञ्जदेखि लैनचौर, महेन्द्र शालिक, माइतीघर हुदै नयाँ वानेश्वरसम्मको सडक खाली हुने भएको छ ।
राष्ट्रपति भण्डारी सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद भवन नयाँ बानेश्वर जाने भएकाले सो रुटमा करिब आधा घण्टा सडक खाली गर्न लागिएको हो ।
उपराष्ट्रपति नन्दबहादुर पुनको पनि सोही रुटबाट सवारी हुनेछ ।














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश स्थापना यता ७११ किलोमिटर सडक कालोपत्रे, निर्माणमा सुस्तता
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण