बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

एक वर्षभित्र सबै अतिक्रमित जमिन सरकारीकरण गर्ने सरकारको घोषणा

शुक्रबार, २० वैशाख २०७६, १७ : ३९
शुक्रबार, २० वैशाख २०७६

सरकारले अतिक्रमित सबै सरकारी जग्गालाई आगामी वर्षभित्र सरकारी कायम गर्ने घोषणा गरेको छ ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक जग्गामाथिको सबै अतिक्रमण हटाइने पनि बताइन् ।

यस्तै जग्गा प्रशासनमा अनियमितता गर्नेमाथि छानबिन गरी कडा कारबाही गरिने  पनि सरकारले जनाएको छ ।

नापी हुन बाँकी सम्पूर्ण जग्गाको २ वषभित्र नापी सम्पन्न गरिनेछ ।

यस्तै सुकुम्बासी तथा सीमान्तकृतको बसोबासको व्यवस्था पनि गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

जग्गा प्रशासनमा अपचलन गर्नेलाई छानबिन गर्ने पनि नीति तथा कार्यक्रममा उललेख छ ,

सार्वजनिक सम्पतिको स्वास्थ्यलाई नोक्सान पुग्ने विलासी वस्तु आयातमा निरुत्साहित गर्ने बताइएको छ ।

अर्गानिक खेती प्रवद्र्धन गरिने छ भने युवाहरुलाई कृषिमा आकर्षित गर्ने कार्यक्रम ल्याइनेछ ।

फलफूलका विरुवासहितको नर्सरीको स्थापना गर्न निजी र सहकारीलाई प्रोत्साहन गरिनेछ ।

औद्योगिक क्षेत्र व्यवस्थापनमा संस्थागत सुशासन कायम गरिनेछ ।

तराई मधेस समृद्धि कार्यक्रम समीक्षा गरी प्रभावकारी बनाइनेछ ।

स्थानीय तहमा जलवायु अनुकुलन कार्यक्रम सञ्चालन गरिनेछ ।

सबै स्थानीय तहको सबै वडामा प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराइने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप