समर्थकमाथि मुक्का बर्साएका नेइमार अनुसन्धानको घेरामा, युवा स्ट्राइकर एमबाप्पेलाई कारबाही
एजेन्सी - फ्रेन्च फुटबल महासंघ (एफएफएफ)ले पेरिस सेन्ट जर्मन (पीएसजी) का युवा स्ट्राइकर केलियन एमबाप्पेलाई तीन खेल प्रतिबन्धको कारबाही गरेको छ । एफएफएफले शुक्रबार राति कारबाही सुनाएको हो । एमबाप्पे फ्रेन्च कपअन्तर्गत गत साता रेनेसविरुद्धको फाइनल खेलमा रातो कार्ड पाउँदै बाहिरिएका थिए । मैदानमा गल्ती गरेका कारण उनलाई रातो कार्ड दिइएको थियो । त्यसपछि अनुसन्धानमा रहेका एमबाप्पेलाई एफएफएफले तीन खेल खेल्न नपाउने कारबाहीको निर्णय सुनाएको छ ।
फ्रेन्च कपको फाइनलमा रेनेसले पीएसजीलाई सडन डेथमा ६–५ गोलले हराउँदै उपाधि जितेको थियो । निर्धारित समयमा खेल २–२ गोलको बराबरीमा सकिएको थियो । पीएसजी उपाधि जित्नबाट बञ्चित भएपछि नेइमारले पनि समर्थकमाथि अभद्र व्यवहार गरेका थिए । उपविजेताको पदक थाप्न जाने क्रममा नेइमारले समर्थकलाई मुक्का हानेका थिए । सोही घटनामाथि अहिले एफएफएफले अनुसन्धान गरिरहेको छ । नेइमारलाई आठ खेलसम्मको प्रतिबन्ध लाग्न सक्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्च अदालतः जलेका २० हजार मिसिलमध्ये १८ हजार 'पुनर्जीवित'
-
के अर्जेन्टिनाले काला वर्णका खेलाडीहरूलाई स्थान दिँदैन ?
-
कांग्रेस–एमाले गठबन्धन भत्किए गण्डकीमा नेकपा हुन सक्छ निर्णायक
-
ग्यासमा हुने कालोबजारी नियन्त्रण गर्न समितिको निर्देशन
-
मधेस प्रदेशमा आर्थिक विनियोजन विधेयक पारित
-
सिद्धिडाँडामा प्रचारप्रसार र पूर्वाधार आवश्यकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण