बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

नेइमारको गोलसँगै पीएसजी बराबरीमा

आइतबार, २२ वैशाख २०७६, ०९ : ५१
आइतबार, २२ वैशाख २०७६

एजेन्सी - दुई साताअघि फ्रेन्च लिग वान च्याम्पियन बनिसकेको पेरिस सेन्ट जर्मन (पीएसजी)लाई नेइमारले हारबाट जोगाएका छन् । शनिबार राति भएको खेलमा पीएसजीले नाईससँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ  । 

खेलमा सुरुवाती अग्रता नाइसले लिएको थियो । नाइसका इग्नाटियस गनागोले ४६ औं मिनेटमा गोल गरे । त्यसपछि नेइमारले ६० औं मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल फर्काएका थिए । खेलको अन्तिममा इडिन्सन काभानी पेनाल्टीमा चुकेपछि पीएसजीले बराबरीमा चित्त बुझाएको थियो । बराबरीसँगै शीर्ष टोली पीएसजीले ३५ खेलबाट ८५ अंक बनाएको छ । दोस्रो स्थानमा रहेकको लिलेको ६८ अंक छ । नाईस ५२ अंक सहित साताैँ स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप