सर्वोच्च अदालतको चियापानमा सभामुखदेखि राष्ट्रपतिसम्म (फोटोफिचर)
काठमाडौँ– राष्ट्रपति विद्या भण्डारी कानुन दिवसको अवसरमा सर्वोच्च अदालतले आयोजना गरेको चियापान समारोहमा सहभागी भएकी छन् । राष्ट्रपति भण्डारी दिवसको अवसर पारेर बिहीबार रामशाहपथस्थित सर्वोच्च अदालत परिसरमा आयोजित चियापान समारोहमा सहभागी भएकी हुन् ।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, कार्यबहाक प्रधानमन्त्री ईश्वर पोखरेल, प्रधानन्यायाधिश चोलेन्द्रशमशेर जबरा,प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सर्वोच्च अदालतका न्यायाधिशहरुलगायतको उपस्थिति रहेको थियो ।
समारोहलाई सम्बोधन गर्दै सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौंलाले न्याय सेवालाई अझै निष्पक्ष, छिटो छरितो, सर्वसुलभ र प्रभावकारी बनाउन लागिपर्ने प्रतिवद्धता व्यक्त गरे । उनले स्वतन्त्र न्यायालयलाई अक्षुण्ण राख्न पनि कानुन दिवसले हौशला प्रदान गर्ने गरेको पनि बताए ।
मुख्य रजिष्ट्रार निरौंलाले कानुन दिवसको अवसर पारेर आयोजित चियापान समारोहमा सहभागी भएकोमा राष्ट्रपति भण्डारीप्रति आभार व्यक्त गरेका थिए । सर्वोच्च अदालतले हरेक वर्ष बैंशाख २६ गते कानुन दिवसको अवसर पारेर चियापान कार्यक्रम आयोजना गर्दै आएको छ ।
नेपालमा पहिलो पटक विक्रम संवत २००८ सालमा प्रधान न्यायालय ऐन जारी भएको थियो । त्यसमा २००९ साल बैशाख २६ गते तत्कालीन राजा त्रिभुवनले लालमोहर लगाएर कार्यान्वयनमा ल्याएका थिए । सोही दिनको स्मरणमा हरेक बैशाख २६ गते कानुन दिवस मनाउने गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश स्थापना यता ७११ किलोमिटर सडक कालोपत्रे, निर्माणमा सुस्तता
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण