चेल्सी र आर्सनल युरोपा लिगको फाइनल प्रवेश
एजेन्सी - इङ्लिस क्लब चेल्सी र आर्सनल युरोपा लिग फुटबलको फाइनल प्रवेश गरेका छन् । बिहीबार राति भएको सेमिफाइनल खेलको दोस्रो लेगमा चेल्सीले जर्मन क्लब इनट्रायच फ्रान्कफर्टलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हरायो । अर्को खेलमा आर्सनलले स्पेनिस क्लब भ्यालेन्सियालाई ४–२ गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो ।
चेल्सीको घरेलु मैदानमा भएको दोस्रो लेगको निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । निर्धारित समयमा चेल्सीका लागि लोफटस चेकले २८ औँ मिनेटमा खाता खोले । त्यसपछि ४९ औँ मिनेटमा फ्रान्कफर्टका जोभिकले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । यसअघिको पहिलो लेग पनि १–१ गोलको बराबरीमा सकिएको थियो । समग्रमा २–२ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा चेल्सीले बाजी मारेको थियो ।
पेनाल्टीमा चेल्सीका रोस बार्कली, जगिन्हो, डेभिड लुइज र इडेन हजार्डले गोल गरे । फ्रान्कफर्टका सेवास्टिन हेलर, लुका जेभिक र जोनाथन डि गजमनल गोल गरे । चेल्सीका गोलरक्षकले फ्रान्कफर्टका मार्टिन हिन्टेरेजर र गान्कलो पासेन्सियाको दुई पेनान्टी रोकेका थिए ।
अर्को खेलमा आर्सनलले समग्रमा ७–३ गोलले जित निकाल्दै फाइनलमा स्थान बनाएको हो । यसअघि पहिलो लेगमा आर्सनल ३–१ गोलले विजयी भएको थियो । आर्सनलको जितमा पिर्रे इमरिक अउबामियाङले ह्याट्रिक पूरा गरे । पिर्रेले १७ औँ, ६९ औँ र ८८ औँ मिनेटमा गोल गरेका थिए । अलेक्सान्द्रे लाकाजेट्टीले ५० औँ मिनेटमा एक गोल गरेका थिए । भ्यालेन्सियाका लागि केभिन गेमिरोले ११ औँ र ५८ औँ मिनेटमा दुई गोल गरेका थिए । फाइनल खेल अजरवैजानमा मे २९ तारिख हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्च अदालतः जलेका २० हजार मिसिलमध्ये १८ हजार 'पुनर्जीवित'
-
के अर्जेन्टिनाले काला वर्णका खेलाडीहरूलाई स्थान दिँदैन ?
-
कांग्रेस–एमाले गठबन्धन भत्किए गण्डकीमा नेकपा हुन सक्छ निर्णायक
-
ग्यासमा हुने कालोबजारी नियन्त्रण गर्न समितिको निर्देशन
-
मधेस प्रदेशमा आर्थिक विनियोजन विधेयक पारित
-
सिद्धिडाँडामा प्रचारप्रसार र पूर्वाधार आवश्यकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण