महंगो कारसँगै रोनाल्डोको होटल मोह
एजेन्सी - क्रिस्टियानो रोनाल्डो फुटबल खेलमा मात्र व्यस्त छैनन् । फरक काम गरेर चर्चामा आउने गरेका छन् । यसकाे पछिल्लाे उदाहरण हाे, महंगाे किनेसँगै पाँच तारे हाेटल खाेल्ने तयारी ।
अघिल्लो साता संसारकै महंगो कार किनेर चर्चामा रहेका रोनाल्डो अहिले फ्रान्सको पेरिसमा पाँच तारे होटल खोल्ने तयारीमा छन् । पोर्चुगिज स्टार रोनाल्डोले आफ्नै नामबाट सिआर–७ ब्रान्डको होटल खोल्न लागेका हुन् । रोनाल्डोको यो छैटौ होटल हो ।
यसअघि पनि रोनाल्डोले सुविधा सम्पन्न पाँच तारे र चार तारे ब्रान्डका होटल खेलेका थिए । रोनाल्डोले पोर्चुगिज होटल समूह पेस्टानासँगको साझेदारीमा सिआर–७ ब्रान्डको नयाँ होटल खोल्न लागेका हुन् । यस होटल पेरिस सहरको गौचे नदी नजिकै बन्ने छ । सबैभन्दा ठूलो बन्ने दावी गरिएको यस होटलमा दुई सय १० कोठाको हुनेछन् ।
उक्त होटल सन् २०२१ मा तयार भई सञ्चालनमा ल्याइने बताइएको छ । अघिल्लो साता मात्र रोनाल्डो संसारकै सबैभन्दा महंगो कार किनेर चर्चामा आएका थिए । उनले बुगाती कम्पनीको 'बुगाती ला वोइतुर नोइरे' कार किनेका थिए । उक्त कारको मूल्य ८६ करोड भारतीय रुपैयाँ रहेको थियो । बन्दै गरेको रोनाल्डोको कार पनि सन् २०२१ मा मात्रै तयार हुनेछ । संयोगवस एकै वर्ष रोनाल्डोले आफ्नो ठूलो होटल र महंगो कारको प्रयोग गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण