डी जोङपछि डी लिट ताक्दै बार्सिलोना
एजेन्सी - स्पेनिस महारथी बार्सिलोनाले डच क्लब आयाक्सका कप्तान म्याथिज डी लिटलाई अनुबन्ध गर्ने अन्तिम तयारी गरेको छ । च्याम्पियन्स लिगमा सानदार प्रदर्शन गरेका १९ वर्षीय रक्षक डी लिट बार्सिलोनाको नजरमा परेका थिए ।
बार्सिलोनाले भर्खर मात्र आयाक्सका अर्का युवा मिडफिल्डर फ्रान्की डी जोङलाई ७५ मिलियन युरोमा अनुबन्धन गरिसकेको छ । बार्सिलोना अहिले स्टार र युवा खेलाडीलाई टोलीमा समावेश गर्न लागि परेको छ । जसका कारण युवा खेलाडीले भरिएको आयाक्स बार्सिलोनाको नजरमा परेको हो ।
बार्सिलोनाले डी लिट अनुबन्धनको घोषणा छिट्टै गर्ने बताइएको छ । डी लिटमाथि प्रिमियर लिग क्लब लिभरपुल, म्यानचेस्टर युनाइटेड र इटालियन महारथि युभेन्टसले पनि आँखा लगाइ रहेका छन् । तर बार्सिलोनाले डी लिटसँग सम्झौता नजिक पुगेको समाचार बाहिरिएको छ । आयाक्सले च्याम्पियन्स लिगमा रियल म्याड्रिड र युभेन्ट्स जस्ता क्लबलाई हराएर सेमिफाइनलमा पुगेको थियो ।
बार्सिलोना च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएपछि टोलीका पूराना खेलाडी बेचेर नयाँ र युवा खेलाडीको जमघट गराउन चाहिरहेको छ । त्यसैले बार्सिलोना आगामी दिनमा युवा र शसक्त टोलीको रुपमा प्रभाव जमाइ रहन चाहन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लमजुङमा वृद्धको हत्या, गहना लुटेर चितवनमा बिक्री
-
१० बजे १० समाचार : संसद्मा जाँदा विवादमा प्रधानमन्त्री, पुराना दलमा पुरानै रोग
-
उपराष्ट्रपति यादवद्वारा कतारी अमिरलाई राष्ट्रपतिको शोक पत्र हस्तान्तरण
-
सुदूरपश्चिम सरकारः अल्पमतमा शाह, सत्ताको चाबी नेकपाको हातमा
-
ठमेलबाट ‘वान एक्सबेट’ का दुई एजेन्ट पक्राउ
-
सबै प्रदेशमा जलन उपचार र मानसिक स्वास्थ्य सेवा सुदृढ गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण