नाना पाटेकरविरुद्ध प्रमाण भेटिएन, तनुश्रीको आरोप झुट सावित
बलिउड अभिनेत्री तनुश्री दत्ताले अभिनेता नाना पाटेकरविरुद्ध लगाएको ‘मिटु’ को आरोप गलत साबित भएको छ । तनुश्रीले करिब ७ महिना पहिले नाना पाटेकर र गणेश आचार्यले उनीमाथि यौन शोषण गरेको आरोप लगाएकी थिइन् ।
सन् २००८ मा ‘हर्न ओके प्लीज’ को शुटिङमा तनुश्रीमाथि उनीहरुले यौन शोषण गरेको आरोप लगाउँदै उनले ओशिवारा पुलिस स्टेशनमा एफआईआर दर्ता गराएकी थिइन् ।
प्रहरीका अनुसार उनले करिब १२÷१५ जना साक्षीको बयान दर्ता गराएकी थिइन् । जसमा सलमान खानकी अभिनेत्री डेजी शाह पनि थिइन् ।
डेजी सो समयमा गणेश आचार्यको असिस्टेन्ट थिइन् । भने अन्य ब्याकग्राउन्ड डान्सर र त्यस समय त्यहाँ उपस्थित कर्मचारी थिए । जसमध्ये कसैले दिएको बयान पनि तनुश्रीसँग मेल खाने थिएनन् ।
डेजी शाहले उक्त घटना याद नभएको भन्दै बयान दिइन् । प्रहरीले बयान दिएकाहरुको रेकर्ड सुन्दा कोहि पनि तनुश्रीको समर्थनमा थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
-
युक्रेनमा सरकार पुनर्गठन, नयाँ प्रधानमन्त्री नियुक्त गरिने
-
भानु जयन्ती कविता प्रतियोगितामा अधिकारी प्रथम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण