साइबर आक्रमण रोक्न राष्ट्रिय संकटकालको घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा साइबर हमलाको खतरा औंल्याँउँदै राष्ट्रिय संकलटकालको घोषणा गरेको छ ।
विविसीका अनुसार, उनले एक कार्यकारी आदेश जारी गरेर सो घोषणा गरेका हुन् ।
राष्ट्रपति ट्रम्पको यो कदमलाई विश्लेषकहरुले चिनियाँ टेलिकम कम्पनी हुवावेविरुद्ध परिलक्षित कडा कदमको रुपमा व्याख्या गरेका छन् ।
हुवावेले टेलिकमको आवरणमा चीनका लागि जासुसी गर्ने गम्भीर आशंका अमेरिकाले गर्दै आएको छ र हुवावेविरुद्ध विश्वव्यापी रुपमै युद्धस्तरमा अभियान छेडिरहेको छ । अमेरिकी आशंकाअनुसार, हुवावेले टेलिकम सेवाको आवरणमा अमेरिकाबाट गोप्य सूचनाहरु चोरी गरिरहेको छ ।
त्यसो त राष्ट्रपतिको कार्यकारी आदेशमा चाहिँ राष्ट्रिय सुरक्षामा खतरा पार्ने विदेशी टेलिकम कम्पनी यही हो भन्ने खुलाइएको छैन । तर सबैले अमेरिकाको यो पछिल्लो कदम हुवावेकै विरुद्ध हो भनेर ढुक्कका साथ भन्न थालेका छन् ।
राष्ट्रपति ट्रम्पले उक्त आदेश जारी गरेपछि अब अमेरिकाम विदेशी टेलिकम सेवाहरुको उपयोगमा प्रतिबन्ध लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण अफ्रिकाविरुद्ध चेकियालाई छैटौँ मिनेटमै अग्रता
-
स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु
-
गण्डकी प्रदेशसभा : बजेटमाथि छलफल सुरु
-
एनआरएनएको बजेट घोषणा, संरक्षक परिषद्मा ५ जना नियुक्त (पूर्णपाठ)
-
आप्रवासीहरूको नागरिकता खोस्ने अभियान तीव्र बनाउँदैछ ट्रम्प प्रशासन
-
क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ७ चिनियाँ नागरिक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण