बुद्ध जयन्तीकै दिन हजारौं पशुपक्षीको बली, तस्बिरमा हेर्नुहोस्
सिरहा–आज वैशाखी पूर्णिमा अर्थात् अहिंसाका प्रतिक भगवानको बुद्ध जन्म जयन्ती । भगवान बुद्धको सम्झानामा आजका दिन धेरै नेपालीमा वली चढाउन नहुने मान्यता छ ।
तर, आजैको दिन सिरहाको लहानस्थित राजदेवी पञ्चावती मन्दिरमा हजारौं पशुपक्षीको बली चढाइने गरिएको छ ।
राजदेवी मातालाई भाकल गरे मनोकांक्षा पुरा हुने जनविश्वासका कारण यहाँ प्रत्यक वर्ष आजकै दिन हजारौंको संख्यामा पशुपक्षी बली दिने गरिएको हो । सन्तान प्राप्ति हुने, विभिन्न रोग निको हुने जनविश्वासका कारण बली चढाउन राजदेवी मन्दिर आउनेको घुँइचो नै लाग्ने गरेको छ ।
आजकै दिन बली किन प्रदान गरिन्छ ? करिब १२५ वर्ष अघिको कुरा हो । मन्दिर रहेको ठाउँमा जंगल र चरण क्षेत्र थियो । यहाँ स्थानीयबासी गाई चराउन जान्थे । चराउन लग्ने गाइहरु हराउन थाले । पछि गाउँका मानिसहरु त्रसित भए । धामीको रुपमा रहेका स्वर्गीय दिलाराम भट्टले त्यस ठाउँमा गई तन्त्र साधना गरेपछि राति सपनामा देवीले दर्शन दिई पूर्णिमा अर्थात् बुद्ध जयन्तीको दिन बली चढाए समस्या टर्ने बताएका थिए ।
स्थानीयले देवीले सपनामा भनेअनुसार आजको दिन बली चढाउन थाले । समस्या टर्यो । त्यस पछि यसको महिमाको प्रचार प्रसार सँगै यहाँ वर्षेनी आजकै दिन ठूलो संख्यामा भक्तजन भेला हुने गरेको छ ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण