नेपाललाई हिन्दूराष्ट्र बनाउनेबारे हाम्रो कुनै चासो छैन : पूर्व मन्त्री गड्करी
नयाँ दिल्ली । भारतीय जनता पार्टी (भाजपा) का पूर्व अध्यक्ष एवम् निवर्तमान सडक यातायात तथा हाईवे, पानीजहाज तथा जलस्रोतमन्त्री नितिन जयराम गड्करीले नेपालमा हिन्दूराष्ट्र बनाउने कुरामा आफूहरुको कुनै चासो नरहेको स्पष्ट पारेका छन् ।
आइतबार विहान नयाँ दिल्लीमा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । गड्करीले नेपालले कस्तो नीति लिने ? कुन धर्म अपनाउने भन्ने कुरा नेपालको आन्तरिक मामिला भएकोले त्यसमा भारतले कुनै दख्खल नदिने जिकिर गरे ।
उनले भारत नेपालको विकास द्रुत गतिमा होस भन्ने पक्षमा रहेको र सोहीअनुसार साथ, सहयोग गर्दै आएको जनाए ।
नेपालको उर्जा क्षेत्रको विकासमा भारतले भरपुर सहयोग गर्ने पनि उनले प्रतिबद्धता जनाए । भारतमा नरेन्द्र मोदी पूनः दोस्रो कार्यकालको लागि प्रधानमन्त्री बन्न लागेकाले आगामी दिनमा नेपाल भारत द्विपक्षीय सम्बन्ध अझ सुमधुर हुने पनि गड्करीले विश्वास दिलाए ।
नेपाल र भारतबीच अत्यन्तै सुमधुर सम्बन्ध रहेकोले आगामी दिनमा यसले अझै नयाँ उचाई लिनेपनि उनको भनाई छ । नेपालको भौतिक पूर्वाधार तथा निर्माण विकासमा भारतको ठूलो सहयोग रहनेपनि उनले जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मलद्वारमा लुकाएर खैरो हेरोइन भित्र्याउने दुई जना पक्राउ
-
देशभरका मुख्य राजमार्गहरूमा बाढी र पहिरोको असर : कतै पूर्ण अवरोध, कतै एकतर्फी सुचारु
-
लमजुङमा वृद्धको हत्या, गहना लुटेर चितवनमा बिक्री
-
१० बजे १० समाचार : संसद्मा जाँदा विवादमा प्रधानमन्त्री, पुराना दलमा पुरानै रोग
-
उपराष्ट्रपति यादवद्वारा कतारी अमिरलाई राष्ट्रपतिको शोक पत्र हस्तान्तरण
-
सुदूरपश्चिम सरकारः अल्पमतमा शाह, सत्ताको चाबी नेकपाको हातमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण