छातीमा राखेको मोबाइल पड्केर वृद्धको मृत्यु, यस्ता गल्ती कहिले पनि नगर्नुहोस्
७० वर्षका रामजतन पटेल अलार्म राखेपछि मोबाइल छातीमा राखेर निदाएका थिए । भोलिपल्ट बिहान अलार्म बज्नेबित्तिकै मोबाइल पड्कियो । उनलाई तत्काल अस्पताल पुर्याइयो तर उनको मृत्यु भइसकेको थियो । केही दिन अघिको यो घटना भारतको राजपुर गाउँको हो ।
पछिल्ला केही महिनामा मोबाइल पड्किएका विभिन्न घटना सार्वजनिक भएका छन् । ब्रान्डेडदेखि फिचर फोनसमेत बिस्फोट भएका समाचार बढ्दो छ । यस्तो अवस्थामा फोन चलाउँदा अपनाउनुपर्ने सावधानीबारे यहाँ कुरा गरिएको छ ।
– सुत्ने बेला तकिया मुनी कहिले पनि फोन नराख्नुहोस् । यस्तो गर्दा फोनको तापक्रम बढ्नुका साथै यसमा दबाब पनि पर्नसक्छ ।
– शर्ट, टि–सर्टको अगाडिको खल्तीमा कहिले पनि फोन नराख्नुहोस् । सेलफोन रेडिएशनको खतरा त छँदै छ, फोन बिस्फोट हुने घटना बढिरहेको अवस्थामा मुटु नजिक हुनु थप खतरनाक हुनसक्छ ।
– कतिले फोनलाई चार्जमा राखेर सुत्ने गर्छन् । यो सबैभन्दा खतरनाक बानी हो । यस्तो गर्नु फोन र ब्याट्रि दुबैका लागि हानिकारक हुन्छ ।
– फोनलाई सधैं ओरिजिनल चार्जरबाट मात्र चार्ज गर्नुहोस् । डुप्लिकेट वा अरु फानेको चार्जर प्रयोग गर्दा ब्याट्रि र फोन दुबै क्षती हुन्छ ।
– फोनलाई घाममा राखेर चार्ज नगर्नुहोस् । यसको विशेष ध्यान पुर्याउनुहोस् नभए फोन खराब हुनसक्छ ।
– फोनलाई मोटो केस वा कभरमा राखेर चार्ज गर्दा पनि त्यसको तापक्रम बढ्न सक्छ जसका कारण फोनको ड्यामेज हुनसक्छ । पहिला केस वा कभर हटाउनुहोस्, अनिमात्र चार्ज गर्नुहोस् ।
– फोन तात्तिकएको छ भने प्रयोग नगर्नुहोस् ।
– पावर बैंकको प्रयोग अब आवश्यकता बनिसकेको छ तर सस्तो पावर बैंकले पनि फोनलाई क्षती पुर्याउन सक्छ । सधैं ब्रान्डेड कम्पनीको पावर बैंक प्रयोग गर्नुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
दक्षिण अफ्रिकाविरुद्ध चेकियालाई छैटौँ मिनेटमै अग्रता
-
स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु
-
गण्डकी प्रदेशसभा : बजेटमाथि छलफल सुरु
-
एनआरएनएको बजेट घोषणा, संरक्षक परिषद्मा ५ जना नियुक्त (पूर्णपाठ)
-
आप्रवासीहरूको नागरिकता खोस्ने अभियान तीव्र बनाउँदैछ ट्रम्प प्रशासन
-
क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ७ चिनियाँ नागरिक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण