पिता जितेन्द्रको शर्तका कारण ४४ वर्षमा पनि अविवाहित छिन् एकता कपुर
टिभी क्विनको रुपमा परिचित एक कपुर जुन ७ मा आफ्नो ४४ औं जन्मदिन मनाइरहेकी छिन् । एकता कपुर ४० पार भइसक्दा पनि सिंगल छिन् । एकता कपुरले एक अन्तरवार्तामा अहिलेसम्म विवाह नहुनुको कारण खुलाएकी छिन् ।
४४ वर्षे एकता कपुर बलिउड नायक जितेन्द्रकी छोरी हुन् र तुषार कपुरकी दिदी । उनले कसौटी जिन्दगीकी, कहानी घरघरकी, क्योंकी सास भी कभी बहु थी, नागिनजस्ता टेलिसिरियल बनाएकी छिन् ।
एकताले विवाहको मामलामा सलमान खानको कदम पछ्याएको बताउने गरेकी छिन् ।
एकतालाई एक अन्तरवार्तामा कहिले विवाह गर्ने भनेर प्रश्न सोध्दा उनले जवाफ दिएकी थिइन्, ‘सलमान खानको विवाह भएको दुई वा तीन वर्षपछि ।’ यस्तै, अर्को अन्तरवार्तामा एकताले पिताको एक शर्तका कारण आफूले विवाह नगरेको पनि बताएकी थिइन् ।
एकता कपुरका अनुसार उनका पिताले विवाह गर्ने कि काम भनेर शर्त राखेका थिए । बुवाको शर्तपछि आफूले कामलाई छानेको बताइन् । विवाह गर्न नचाहने भएकाले आफूलाई काम छानेको उनले बताइन् ।
एकताले अर्को एक अन्तरवार्तामा भनेकी थिइन् ‘मेरा जुन साथीहरुको विवाह भएको थियो, उनीहरु अहिले सिंगल छन् । मैले पछिल्लो केही वर्षमा थुप्रै सम्बन्धविच्छेद देखेकी छु ।’
एकताले आफूलाई बच्चा चाहेको तर विवाह गर्न रुची नभएको बताएकी पनि थिइन् । स्मरण रहोस्, एकता कपुर यसै वर्ष सरोगेसीमार्फत् आमा बनेकी छिन् । एकताले आफ्नो छोराको नाम रवि कपुर राखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिला उद्यमीलाई सघाउन सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ महिला समृद्धि कर्जा’
-
बंगलादेशमा बाढी र पहिरोबाट ४४ जनाको मृत्यु, १० लाखभन्दा बढी प्रभावित
-
सरकारका सय दिन उत्साहप्रद छैनन्, न त उल्लेख्य
-
जेब्रा झोला बोकेर होल्डिङ सेन्टरबाट बाहिरिँदै गरेका बालकलाई हर्क साम्पाङले गरे ५० हजार सहयोगको घोषणा
-
सुकुमबासीलाई एउटा जोखिमबाट निकालेर अर्को जोखिममा धकेलियो : आङ्देम्बे
-
पूर्व गृहसचिव पद्मप्रसाद पोखरेलको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण