दुबईमा यात्रुवाहक बस दुर्घटना, १७ जनाको ज्यान गयो
दुबई–दुबईको शेख मोहम्मद बिन जाएन रोडमा एक यात्रुबाहक बस दुर्घटना हुदाँ कम्तीमा १७ व्यक्तिको मृत्यु भएको छ ।
कुल ३१ यात्रु सवार रहेको सो बस सङ्केतचिह्नमा ठोक्किएर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । सो बस दुर्घटनामा परी विभिन्न देशका नागरिकहरुको ज्यान गएको बताइएको छ ।
अधिकारीहरूका अनुसार यस दुर्घटनामा परी आठ भारतीय नागरिकको मृत्यु भएको छ । करिब ५० वर्षीया चालक घाइते भएका र उनको उपचार भईरहेको अधिकारीहरुको भनाई छ ।
दुबई प्रहरीले सामाजिक सञ्जाल ट्विटरमार्फत् दुर्घटनामा परेर मृत्यु भएका व्यक्तिका परिवारलाई समवेदना व्यक्त गरेको र दुर्घटनाबारे अनुसन्धान सुरु भएको जानकारी दिएको छ ।
दुबई प्रहरीका प्रमुख अब्दुल्लाह खलिफा अल मार्रीले सवारीसाधन चलाउँदा सानो गल्ती वा लापरबाही हुँदा नराम्रो परिणाम आउने स्मरण गराउनु भएको छ ।
दुबईस्थित भारतीय दूतावासले मृत्यु भएका भारतीय नागरिकको नाम सार्वजनिक गरेपनि घटनाको संपूर्ण विवरण आधिकारिक रूपमा प्राप्त भइनसकेको बताइएको छ ।
यस दुर्घटना अन्य भारतीय नागरिक पनि घाइते भएका र उनीहरुको उपचार भइरहेको भारतीय अधिकारीहरुले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको ११औँ बजेट आउँदै, यसअघिका १० बजेट कस्तो थियो ?
-
उड्डयन क्षेत्रको सुधारका लागि वायुसेवा सञ्चालक संघ र एरोनटिकल सोसाइटीबिच सम्झौता
-
‘लालीबजार’, ‘मितज्यु’, ‘काजी’ ‘लाइफ ड्यामेज’ र ‘कुम्भ’को यस्तो कमाई ?
-
सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकास नै जनताको मुख्य चाहना : राष्ट्रपति पौडेल
-
रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण