आमिर खानका भाञ्जा इमरान खान यस्तो भए ? चिन्नै मुश्किल
आमिर खानका भाञ्जा इमरान खानले ‘जाने तु या जाने ना’ फिल्मबाट बलिउडमा डेब्यू गरेका थिए । उनले यो फिल्मबाट चकलेटी हिरोको रुपमा आफूलाई स्थापित गराएका थिए । तर हालै उनको एउटा फोटो सार्वजनिक भएको जसमा उनलाई चिन्नै गाह्रो भइरहेको छ ।
इमरान खानलाई मुम्बईको जिमबाट भेटिएको हो । उनी निकै दुब्लो देखिएका छन् । उनले यस्तो फोटो देखेर सोसल मिडिया प्रयोगकर्ताले उनलाई सायद सञ्चो नभएको अनुमान गरिरहेका छन् । कतिले उनको तस्बिर हेरेर चिन्तासमेत व्यक्त गरिरहेका छन् ।
यसबाहेक इमरान खान श्रीमती अवन्तिकासँग सम्बन्धविच्छेदको खबरका कारण पनि चर्चामा छन् । भारतीय मिडियाका अनुसार यी दुईबीचको सम्बन्ध ठिक नभएको र विच्छेदको स्थितीमा आइपुगेको छ ।
एक कार्यक्रमका बेला सम्बन्धविच्छेदको खबरबारे जब इमरानलाई प्रश्न सोधियो तब उनले फोटोग्राफर्स र भिडियोग्राफर्सलाई हेरेर मुस्कुराए र भने, ‘तपाईंहरु कार्यक्रममा यस्तो प्रकारको प्रश्न कसरी सोध्न सक्नुहुन्छ ?’्
यद्यपि, अवन्तिकाकी आमाले दुबैको सम्बन्धबारे आइरहेको खबरलाई खारेज गरेकी थिइन् । उनले दुबैको सम्बन्धविच्छेदको खबरलाई गलत बताइन् । यद्यपि, उनले दुबैबीच आपसी मतभेद भएको जुन चाँडै नै ठिक हुने कोसिस जारी भएको बताइन् ।
स्मरण रहोस्, इमरान र अवन्तिकाले ८ वर्षसम्म डेटिङपछि सन् २०११ मा विवाह गरेका थिए । यी दुईका एक छोरी पनि छन् ।
छोरीको जन्म सन् २०१४ मा भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिला उद्यमीलाई सघाउन सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ महिला समृद्धि कर्जा’
-
बंगलादेशमा बाढी र पहिरोबाट ४४ जनाको मृत्यु, १० लाखभन्दा बढी प्रभावित
-
सरकारका सय दिन उत्साहप्रद छैनन्, न त उल्लेख्य
-
जेब्रा झोला बोकेर होल्डिङ सेन्टरबाट बाहिरिँदै गरेका बालकलाई हर्क साम्पाङले गरे ५० हजार सहयोगको घोषणा
-
सुकुमबासीलाई एउटा जोखिमबाट निकालेर अर्को जोखिममा धकेलियो : आङ्देम्बे
-
पूर्व गृहसचिव पद्मप्रसाद पोखरेलको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण