राजधानीको स्मार्ट पार्किङमा जे देखियो
उपत्यकाभित्र जथाभावी पार्किङ गरिँदा सवारी जामलगायतका विभिन्न समस्या हुने गरेको भन्दै काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा सहज रुपमा स्मार्ट पार्किङको सुविधा ल्याएको छ ।
बढी अव्यवस्थित पार्किङ हुने तथा कारबाहीमा पर्ने स्थान वीर अस्पताल र न्युरोड क्षेत्रमा एपबाटै बुकिङसमेत गर्न सक्नेगरी निश्चित संख्यामा पार्किङको व्यवस्था गरिएको महानगरले जनाएको छ ।
बिहीबार दिउँसो रातोपाटीकर्मी न्यूरोडस्थित शुक्रपथ र धर्मपथ पुग्दा स्मार्ट पार्किङमार्फत सवारी साधनको व्यवस्थापन भइरहेको थियो । करिब १५ जनाले त्यहाँको सवारी साधनको व्यवस्थापन गरिरहेका थिए ।
केहि दिनअगाडि परीक्षणस्वरुप सुरुवात गरिएको सशुल्क स्मार्ट पार्किङ सेवा आइतबारबाट सञ्चालनमा आएको हो । स्मार्ट पार्किङका सञ्चालक कम्पनी ह्विल्स ट्रलीले पहिलो चरणमा विशाल बजार र धर्मपथमा यो सेवा उपलब्ध गराएको हो ।
त्यसपछि क्रमशः न्यूरोडको प्यूखा, पाको र दरबारमार्गमा उपलब्ध हुनेछ ।

















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
४ प्रतिक्रिया
भर्खरै
-
प्रदेश स्थापना यता ७११ किलोमिटर सडक कालोपत्रे, निर्माणमा सुस्तता
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण