पूर्वमन्त्री डीआर पौडेलको स्मृतिमा सिड्नीमा शोकसभा
सिड्नी – पूर्वमन्त्री तथा नेकपाका दिवंगत नेता धनीराम (डीआर) पौडेलको स्मृतिमा सिड्नीमा आइतबार बिहान शोकसभा आयोजना गरिएको छ ।
पौडेलका शुभचिन्तकहरुले उनको सम्झनामा ५३ वटा मैनबत्ती बालेर सेतो गुलाबका थुंगाहरु अर्पण गरेका थिए ।
शोकसभामा सहभागि नेकपा नेता युबराज चौलागाईँले पूर्वविद्यार्थी नेता समेत रहेका डी आर पौडेल नेपाली राजनीतिका इमान्दार , सरल तथा अध्ययनशील नेता भएको स्मरण गरे ।
उनको समाज परिवर्तनप्रतिको प्रतिबद्दता सिक्न लायक कुरा रहेको पनि उनले बताए ।
सो अवसरमा प्रस्तावित प्रवासी नेपाली एकता मंचका नेता शेषमणि शर्माले उनी एक असल र जनता प्रतिप्रतिवद्द नेता भएको बताए ।
सोहि संगठनका अर्का नेता रमेश पाण्डेले उनको निधनबाट नेपालको बाम आन्दोलनलाई अपूरणीय क्षति भएको बताए ।
सिड्नीका सामाजिक अगुवा प्रविन कँडेलले उनीसँग आन्दोलनका काममा आफूले सँगै बिताएका क्षणको स्मरण गरे ।
उक्त कार्यक्रमा सिड्नीका स्थानीय व्यवसायी संजीव शर्मा, गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिका सदस्य दीपक भट्टराई लगायतको उपस्थिति रहेको थियो ।
पौडेलको गत जेठ ३१ गते हृदयघातका कारण चितवनस्थित निवासमै निधन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली मूलका ढकालद्वारा अमेरिकाको हर्न्डन सहरको मेयर पदमा उम्मेदवारी घोषणा
-
व्यक्तिलाई दोषी करार गर्न मिल्दैन : शिशिर खनाल
-
रवि लामिछानेको नामले संसदीय समितिको ‘टीओआर’मा लफडा !
-
कार्यदल सदस्य र सभामुखबिच बानेश्वरमा छलफल
-
‘दुवै पक्षको अडान कायम छ, बिचको बाटो खोज्दैछौँ’
-
पूर्वराजा ललितपुर पुग्दा मोटरसाइकल र्यालीसहित शक्ति प्रदर्शन गर्ने तयारी