नासपतीको रुखको विरुवा रोप्दै प्रधानमन्त्रीले गरे वृक्षारोपण अभियानको शुभारम्भ, तस्बिरमा हेर्नुहोस्
राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले कलंकी कोटेश्वर सडक खण्डमा रुखको विरुवा रोपेका छन् ।
वन तथा वातावरण मन्त्रालयले शनिबार बिहान आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले नासपतिको रुखको विरुवा रोप्दै कार्यक्रमको शुभारम्भ गरेका हुन् ।
वृक्षारोपण कार्यक्रममा प्रधानमन्त्री पत्नी राधिका शाक्य, वन मन्त्री शक्ति बस्नेत, गृहमन्त्री रामबहादुर थापा, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल, कानुन मन्त्री भानुभक्त ढकाललगायतको उपस्थिति रहेको थियो ।

वृक्षारोपण कार्यक्रममा विभिन्न संघसंस्थाहरुको पनि बाक्लो उपस्थिति रहेको थियो ।
यसअघि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले वृक्षारोपणलाई राष्ट्रिय अभियान बनाउन आम कार्यकर्ता, पार्टी सदस्य, समर्थक, शुभचिन्तक र सर्वसाधारणलाई अपिल गर्दै घरमा दुईवटा रुखको विरुवा रोप्न आग्रह गरेको थियो ।
हेर्नुहोस् तस्विर :




















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश स्थापना यता ७११ किलोमिटर सडक कालोपत्रे, निर्माणमा सुस्तता
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण